अन्जु ब्लोनको प्रस्तुती नेपाली प्रेम गित ‘सुस्तरी’ बजारमा सार्वजनिक भएको छ। नुवाकोट घर भइ हाल पर्देशी भुमिलाई कर्म थलो बनाउदै आइरहेकी अन्जु ब्लोनको नया प्रस्तुति सुस्तरी शुक्रबार रोशन तामाङ अफिसियल युट्युब च्यानल बाट सार्वजनिक भएको हो।
”सुस्तरी” गित गायक समर तामाङ र चर्चित गायिका अनु चौधरीको स्वरमा सजियको छ। गितको शब्द इन्द्र लामाले गरेका हुन भने , संगित / संयोजन कर्साङ लामाको रहेको छ।
सोहि गितको भिडियो तर्फ कथा लेखन रोशन तामाङले गरेका हुन भने निर्देशन मन्दिप राना , क्यामेरा राहुल राई, इडिट कलर दिनेश कोइरालाले गरिएको छ। रोशन तामाङ , रजनि दोङ र अमृत लामालाई अभिनयमा देख्न सक्नुहुन्छ। गितको छायांकन मार्खु कुलेखानी लगायत काठमाडौको बिभिन्न रमनिय स्थलहरुमा सम्पन्न भएको थियो।
रोशन र रजनिको प्रेम लामो समय सम्म चली रहदा अन्तत रजनिले रोशनलाई धोका दियको भिडियोमा प्रस्तुत गर्न खोजेको छ। प्रेमको जन्जिरमा परेको नायक रोशनलाई अन्तिम घडीमा रजनिले धोका दिइ अमृत लामा सङ्ग हिडेको र रोशन बिचल्लिमा परेको देखाइएको छ।
सुस्तरी प्रेम गितको भिडियो रोसन तामाङ अफिसियल युट्युब च्यानल बट सार्वजनिक भएको नायक बताउनु हुन्छ।

