समिक्षा 👉🏻 ‘म्हेन्दोला फोले : सय व्यक्तित्व -सय कथा’ मौखिक इतिहासको दस्तावेजीकरण र पहिचानको सङ्घर्ष
-कुबेर दोङ तामाङ १. विषय प्रवेश र पृष्ठभूमि कुनै पनि समुदायको अस्तित्व उसको भाषा, संस्कृति, इतिहास र उसको आफ्नै कथा भन्ने सामर्थ्यमा अडिएको हुन्छ। तर इतिहासका विभिन्न कालखण्डमा राज्यको मूलधारबाट पछाडि पारिएका सीमान्तकृत समुदायहरूका लागि आफ्नो कथा आफैँ लेख्नु र त्यसलाई सर्वव्यापी बनाउनु एउटा पेचिलो चुनौती रहँदै आएको छ। नेपालको सन्दर्भमा बागमती प्रदेश र आसपासका…

