काठमाडौं । गायक प्रकाश वाइबाको प्रस्तुति रहेको नयाँ आधुनिक प्रेमगीत ‘सयौं जुनी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेम, विश्वास र जीवनभरको साथको भावलाई कलात्मक शैलीमा प्रस्तुत गरिएको यो गीत युट्युबमार्फत सार्वजनिक भएसँगै दर्शक तथा श्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको छ।
गीतमा प्रकाश वाइबा र जितु लोप्चनको सुमधुर स्वर सुन्न सकिन्छ। कुमार स्याङ्बा तामाङको शब्द, सम्तेन मोक्तानको संगीत तथा कार्साङ लामाको संगीत संयोजनले गीतलाई थप आकर्षक बनाएको छ। मिक्सिङ तथा मास्टरिङको जिम्मेवारी पनि कार्साङ लामाले नै सम्हालेका छन्।
म्युजिक भिडियोमा सरोज लामा र सिर्जना घिसिङको मुख्य अभिनय रहेको छ। उनीहरूको जीवन्त अभिनयले प्रेमकथालाई भावपूर्ण ढंगले प्रस्तुत गरेको छ। भिडियोको कथा, निर्देशन तथा कोरियोग्राफी आशिष लामाले गरेका हुन्।
यसैगरी, भिडियोको छायांकन दुर्गा श्रेष्ठ, ड्रोन छायांकन रोनिश तामाङ, सम्पादन तथा रङ संयोजन सपना लाम्सालले गरेकी छन् भने पोस्टर डिजाइन अनिल बिष्ट प्युठानीले तयार पारेका हुन्। गीतको रेकर्डिङ पारिजात नेपाल स्टुडियोमा गरिएको हो।
उत्कृष्ट शब्द, मधुर संगीत, आकर्षक दृश्य र सशक्त अभिनयको संयोजन रहेको ‘सयौं जुनी’ ले प्रेम संगीत रुचाउने दर्शक–श्रोताको मन जित्ने विश्वास निर्माण पक्षले व्यक्त गरेको छ। गीत सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा पनि यसले राम्रो चर्चा बटुल्न थालेको छ।
भिडियो हेर्नुस्

