समाचार

शी लिड्स आइकन २०८१ टप २७मा काभ्रे बेथानचोकको उप प्रमुख


काठमाडौ। महिला सशक्तीकरणको क्षेत्रमा काम गर्ने ‘कल्प इम्पावर वेमेन नेपाल’ ले शी लिड्स आइकन–२०८१ को उत्कृष्ट २७ मा काभ्रे जिल्ला बेथानचोक गाउँपालिकाका उपाध्यक्ष तारा राना छनोटमा परेकी हुन।

विभिन्न स्थानीय तहका १ सय ४० जना महिला जनप्रतिनिधिबाट राना उत्कृष्ट २७ जना महिला जनप्रतिनिधिमा छनोट भएकी हुन । देशभरका महिला जनप्रतिनिधिहरूको कर्मलाई विश्वसामु परिचित गराउने उद्देश्यले आवेदन लिइएको थियो । काभ्रेपलाञ्चोक जिल्ला बेथानचोक गाउँपालिकाकी उपाध्यक्ष तारा राना तिमल्सिनाको जन्म मध्यम वर्गीय परिवारमा भएको हो ।

सामाजिक परिवर्तन र उत्पीडित वर्गको हक, हित र अधिकारको लागि मार्क्स, लेनिन, र माओवादका सिद्धान्तबाट प्रभावित भएर उनी राजनीतिमा आएकी हुन ।उनले गरिरहेको कामको आवधिक मूल्याङ्कन समेत प्रतिविम्वित हुने गरी भोट गर्न उपाध्यक्ष रानाले आव्हान समेत गरेकी छिन ।