काठमाडौं । मिसेस् मल्टिट्यालेन्ट नेपाल २०२६ भव्य रूपमा सम्पन्न भएको छ। राष्ट्रिय नाचघर, जमलमा आयोजित फाइनल प्रतिस्पर्धामा सानी शेर्पा ‘मिसेस् मल्टिट्यालेन्ट नेपाल २०२६’ को उपाधि जित्न सफल भएकी छन्।
प्रतियोगितामा शुष्मा बुढाथोकी फस्ट रनर अप घोषित भइन् भने जमुना तामाङ सेकेन्ड रनर अप बनिन्। प्रतियोगितामा विभिन्न विधामा समेत सहभागीहरूलाई विशेष अवार्ड प्रदान गरिएको थियो।
इन्दिरा बस्नेतले ‘ट्यालेन्ट’ र ‘सिनसियर’ अवार्ड जितिन् भने प्रनिता बस्नेत ‘पब्लिक च्वाइस’ र ‘इन्टेलिजेन्ट’ अवार्डबाट सम्मानित भइन्। त्यसैगरी गुण माया थापा मगरले ‘भ्युअर च्वाइस’ र ‘इनोसेन्ट’ अवार्ड हात पारिन्।
फस्ट रनर अप शुष्मा बुढाथोकीले ‘पर्सनालिटी’, ‘लिडरशीप’ तथा ‘बेस्ट इन गाउन’ अवार्ड समेत जित्दै आफ्नो प्रभावशाली प्रस्तुति देखाइन्। सेकेन्ड रनर अप जमुना तामाङ ‘कन्फिडेन्ट’ र ‘डिसिप्लीन’ अवार्डबाट सम्मानित भइन्।
अन्य अवार्डतर्फ पूजा आचार्य ‘ब्युटीफुल’, सानी शेर्पा ‘स्मार्ट’ तथा पार्वती गुरुङ ‘एक्टिभ’ अवार्डबाट सम्मानित भएका छन्।
महिला सशक्तिकरण, व्यक्तित्व विकास र नेतृत्व क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगिता सहभागीहरूको उत्कृष्ट प्रस्तुति र उत्साहपूर्ण प्रतिस्पर्धाबीच सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ।


