समाचार

कुलमान घिसिङको पक्षमा तामाङ मोर्चाको विज्ञप्ति, सडक संघर्षको तयारिमा

Screenshot

काठमाडौं, नेपाल बिध्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउन सरकारले गरिरहेको गतिबिधिलाई नजिकबाट हेरिरहेको तामाङ राष्ट्रिय मुक्तिमोर्चा नेपालले कुलमान घिसिङको पक्षमा विज्ञप्ति जारी गरेको छ | 

आहिले सम्म कुलमानले के के गर्यो त ?

लोड सेटिङ मात्र हटाएको नभएर कुलमान घिसिङले आज सम्म आइपुग्दा गरेका कामहरु ” ऊर्जा क्षेत्रमा लोडशेडिङ अन्त्य गराउने, गाउँगाउँमा बिजुली पुर्‍याउने, प्राधिकरणको वित्तीय अवस्थामा सुधार ल्याउने, अनि भारत र बाङ्ग्लादेशसम्म निर्यात गरेर विदेशी मुद्रा आर्जन गराउने काम गरेको देखिन्छ | 

घाटामा गइरहेको प्राधिकरणलाई आहिलेको अबस्था सम्म ल्याइ पुर्याउने कुलमान घिसिङलाई आहिलेको केपि ओलि सरकार र यसै सरकारको उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रि दिपक खड्काले नियतवस पटक पटक स्पष्टीकरण सोधिरहने मात्र नभएर नियोजितरुपमा कार्यसम्पादन मुल्याङ्कनमा शून्य प्रतिशत नम्बर दिएर उर्ज मन्त्रीले आफ्नो नांगो नाच नाचिरहेको प्रष्ट देखिएको यसै अबस्थामा कुलान जस्त इमान्दार र लगनशिल कर्मचारीलाई सरकारको कु दृष्टिबाट बचाउन बर्षौ देखि उत्पिडनमा रहेका समुदायहरुको राजनितिक पहिचानको लगि लडिरहेको संस्था तामाङ राष्ट्रिय मुक्तिमोर्चा नेपालले एक विज्ञप्ति जारी गरेको छ | सरकार यहि रुपमा गलत  गतिबिधि गरिरहने हो भने  कुलमान बचाउन सडक समघर्ष समेत घोषणा गर्दै अगाडि बढ्ने मोर्चाको तयारि देखिन्छ | साथै सम्पुर्ण न्यया र बिकास प्रेमी जनतालाई संघर्षमा सहभागि हुन तामाङ राष्ट्रिय मुक्तिमोर्चाले आह्वन समेत गरेको छ |