समाचार

कुलमान घिसिङलाई कार्यसम्पादन मूल्यांकनको शून्य अंक दिएको सम्बन्धमा माओवादी(केन्द्र)ले गरे सदन मै बिरोध

काठमाडौं : नेकपा माओवादी केन्द्रले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कार्यसम्पादन मूल्यांकनको विषयलाई लिएर संसदमा विरोध गरेको छ। बुधबार प्रतिनिधि सभाको बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले घिसिङले कार्यसम्पादन मूल्यांकनको शून्य अंक राखेको भन्दै विरोध गरेका हुन्। 

‘सरकारलाई नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ स्पष्टीकरण सोध्ने कुरा आइरहेको छ। विद्युत् प्राधिकरण नाफामा गइरहेको समयमा रहेको मिडियामा आइरहेको छ।’ उनले भने, ‘ विद्युतलाई नाफामा लगिरहेको समयमा शून्य अंक के हो ? ठिक ढंगले विद्युत प्राधिकरणमा काम गरिरहेको समयमा शून्य अंक के हो ? आज, भोलि, पर्सी स्पष्टीकरण केहो ? सरकारको गम्भीर ध्यानाकर्षण गराउँछु।’
उनले सभामुखमार्फत रुलिङ गर्न समेत माग गरे। उनले सभामुखमार्फत सरकारलाई रुलिङ नगरे सदन चल्न नदिने उल्लेख गरे।  

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले घिसिङको आर्थिक वर्ष २०८०/८१ को कार्यसम्पादन मूल्यांकनमा शून्य अंक दिएको हो। कुलमानले प्राधिकरणमा दोस्रो कार्यकालको तेस्रो आर्थिक वर्षको कार्यसम्पादन मूल्यांकनमा शून्य अंक पाएको ऊर्जा मन्त्रालय सचिवालयले जानकारी दिएको छ। तोकिएको समयभन्दा ढिला कार्यसम्पादन प्रतिवेदन बुझाएका कारण कुलमानलाई शून्य अंक दिइएको सचिवालय बताउँछ। मन्त्रालयले यही पुस २२ गते कुलमानलाई स्पष्टीकरण सोध्दै कार्यसम्पादन मूल्यांकन नबुझाएको बारेमा लिखित प्रश्न सोधेको थियो। 

विपक्षी दलले उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले माओवादी प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिएका थिए।

रास्वपा, राप्रपालगायत दलका सांसदले पनि विद्युत् क्षेत्रको विकासमा योगदान गर्ने व्यक्तिलाई पटक पटक स्पष्टीकरण सोध्ने र कार्यसम्पादन मूल्यांकनमा शून्य अंक दिइ हटाउने षड्यन्त्र भइरहेको भन्दै आपत्ति जनाएका थिए। विपक्षी दलको विरोधपछि सभामुख घिमिरेले विपक्षी दलले उठाएका विषयमा सभालाई जवाफसहित जानकारी गराउन सरकारलाई रुलिङ गरे।