समाचार

*तेमाल जात्रा * इतिहास र बर्तमान

Screenshot


२०८१ चैत्र २७ गते
तेमाल जात्रा ः बौद्ध चैत्य केन्द्रीत पर्व
विषय प्रवेश ः
* महायानी सम्प्रदायको निङमापा शाखाका बौद्ध धर्मावलम्बी तामाङ जातिको सांस्कृतिक अध्ययन ।
* हरेक पूर्णिमाको दिन कुनै न कुनै चाडपर्व, जात्रा, उत्सव वा पूजा परेको ।
* कार्त्तिक पूर्णिमा, भदौ पूर्णिमा गोने ङ्या , बैशाख पूर्णिमा दुग ङ्या र जेठ पूर्णिमा …।
* थुप्रै चाडपर्व, उत्सव वा पूजामध्ये तामाङ समुदायले परम्परागत रुपमा प्राचीनकालदेखि मनाउँदै आइरहेको
एउटा प्रमुख पर्व ।
* चैत्र पूर्णिमाको तेमालजात्रा । नामतोङ ङ्या । सिङकुन ङ्या । न्हामदोङ ङ्या ।
* चन्द्र पात्रोअनुसार मनाउने ।
* चैत्र पूर्णिमालाई बद्ध पूर्णिमा पनि भनिन्छ । पवित्र पूर्णिमा ।
जात्रा प्रारम्भ र अन्त्य ः
* तेमाल जात्रा दुई दिने जात्रा ।
* चैत्र पूर्णिमाको अधिल्लो दिन आकाशमा पूर्णचन्द्र देखिएपछि बौद्ध स्तुपमा
आरम्भ।
* भोलीपल्ट चैत्र पूर्णिमाको दिनमा सबेरै नार्गाजून वा बालाजु २२ धारामा र
* स्नान तीर्थपछि सवेरैदेखि दिनभर साँझपखसम्म स्वयम्भू सिङगोन चैत्यमा
आकाशमा पूर्णचन्द्र देखिए पछि समाप्त हुने प्राचीन परम्परा ।
जात्राको नामाकरण— १
* प्रमुख कारण ः तेमालका भेगका तामाङहरुको यस जात्रामा हुने अत्याधिक सहभागीता
हुनु ।
* सहायक कारणहरु ः
क . तेमाल भेगका तामाङहरु अरनिको राजमार्ग बन्नुभन्दा पहिला यस जात्रा मनाउन
आउदा सल्लाको खोटो अर्थात् म्हेदाङ बाल्दै रातारात भर हिँडेर आउँने गर्दथे रे ।
ख . तेमाले पुरुषहरुले आफूले वर्षभरि कमाएको धन खर्च गर्दथे रे ।
ग . तेमाले तामाङहरुले वर्ष भरि कमाएको धन खर्च गर्दथे रे ।
जात्राको नामाकरण— २
घ. बौद्धले तामाङहरुलाई जात्रामा गरिएका व्यापारले वर्ष भरि खान पुग्दथ्यो रे ।
ङ .महिलाहरु जात्रामा आउदा बाटोधाटा पर्ने बनेपा र भक्तपुरजस्ता प्राचीन शहरमा
आफ्ना सुनका गरगहनामा पाइन हाल्दै आउँथे रे ।
तेमाले तामाङहरुको रौस, सद्भाव, लगाव र अगाध आस्था नै होला देखेर जात्रा
हुने बौद्ध र स्वयम्भू क्षेत्रका तामाङ वा गैह्र तामाङहरुले यस जात्राको नाम नै तेमाल जात्रा
भनेर राखिदिएका ।
बौद्धली तामाङहरुले दिएको नाम हो ।सबै तामाङहरु ज्यारुङ सिङगुन ङ्या जात्रा
भन्दछन् ।
तेमालको भूगोल
(वि.सं.२०१७ देखि २०७२)
बृहत्त तेमाल , सामान्य तेमाल
तेमालको इतिहास –१
* काभ्रेपलाञ्चोकको दक्षिण पूर्वी भेगमा तेमाल पर्दछ । तेमाल तामाङहरुको धार्मिक,
साँस्कृतिक र ऐतिहासिक थलो हो ।
क .धार्मिक दृष्टिकोण ः
गुरु पद्मसम्भवले तिमाल (याङ्वेल) मा बसेर तप गर्नु भएको ।
बौद्ध धर्मको नीधि तेरमाहरु गुप्त रुपमा तेमालमा राख्नु भएको ।
गुरु पद्मसम्भवको कृपाले बुद्धचित्तामाला तेमालमा मात्र फलेको ।
तेमालको इतिहास –२
* साँस्कृतिक दृष्टिकोण ः
तेमाल मौलिक तामाङ संस्कृतिको उद्गम स्थल रहेको ।
संस्कृति रितिथिति भूले तेमालमा सोध्न जानु भन्ने कहावत हुनु ।
थर, संस्कार र रीतभातमा करता रहनु ।
तेमालको इतिहास –३
*एैतिहासिक दृष्टिकोण ः
तेमालमा अन्तिम राजा रेन्जिन दोर्जे बलले राज्य सञ्चालन गरेको ।
बि.सं.१८१९ असोज २ गते गोर्खा राज्यले षडयन्त्रपूर्वक विजय गरेको ।
गोर्खा राज्यले तिमालका राजा रेन्जिनदोर्जे बललाई षडयन्त्रपूर्वक मारेको ।
तेमालमा गोर्खा राज्यमा गाभिनु पूर्व सेन राज्य अन्तर्गत रहेको ।
मकवानपुर राज्य गोर्खामा गाभिएपछि केही समय तेमाल स्वतन्क्र राज्य रहेको ।
शत्तिशाली तेमाल कहिले मल्ल त कहिले सेन राज्य अन्तर्गत रहेको ।
समृद्ध तेमाल लिच्छविकालदेखि राणाकालसम्म तिमाल नेपाल, भोट र चीन प्रवेश गर्ने नाकामा रहेको ।
तेमालका केही ऐतिहासिक सामग्रीहरु
नेपाल खाल्डो पूर्वी भेग काभ्रे इलाकालाई तिमाल
बि.एच.हडसन,१९०५, तिमाल ः पर्वमा ओखलढुङ्गा मूतिढुङ्गा , पश्चिममा साँगा, उत्तरमा हिमालय र दक्षिणमा महाभारत ।
“……तिमाल फत्ये गर्न मन्त्री वर्गसित सल्लाह गरे ।सोही सल्लाह भोलीका दिनमा सर्दार दलजित् शाह, काजी वंशराज पाँडे, जीव शाह, रुद्र
शाही, जेठाबूढा, रामकृष्ण कुँवरप्रभृति नजिकी द्वार्‍या, उमराउ, थरघर, भलामानिससमेतको एक टुकडी फौज निर्माण गरेर विदा गर्नु भयो ।
सोही लश्कर लिई भाइभारदारले तिमाल कोट हान्याको र तिमाल कोट हान्दा ३०० गिंड पर्‍या …..” (भाषा वंशावली)
“…….किरात फत्ते गर्न तिम्रै भर परेको छु । काँलु पाँडे मारिदा साह्रै दुःखी भएको थिए । यति खेर मलाई तिम्रै बुद्धि र तरबारको भर रहेको छ ।
धुलीखेलमा जस्तै सिम्बुमा जग्गा दिन्छु । तिम्रो भाइ तिमालमा मारिएकामा म धेरै दुःखी छु । …..आश्रिवन वदि ४ रोज ५ संवत् १८२०
…..” (पृथ्वीपत्र सङ्ग्रह)
“…….संवत् १८१९ आश्रिवनवदि…रोज ३ तिमालकोट अब्बल…” (त्रिरत्न सौन्दर्य गाथा)
नेपाल खाल्डो पूर्वी भेग रामेछाप इलाकालाई ग्यागर तिमाल
हेर्नुहोस् ः पोङ्दी गुम्बाका पत्रहरु । लक्ष्मी नरसिंह मल्ल, प्रताप मल्ल र जयप्रकाश मल्लले मैनाली, उप्रेतीलाई तेमाल ब्यासी विक्रि गरेको पत्रहरु ।
काठमाडौं उपत्यकाको इतिहास —१
(मौखिक सामग्री )
१. बौद्ध धर्म ग्रन्थ स्वयम्भू पुराण ः
काठमाडौं उपत्यका दहको रुपमा रहेको ।
बन्धुमति नगरबाट आउनुभएका विपश्वी बुद्धले जामाचो (नार्गजून)को पर्वतको टुप्पोमा बसी तप
गरेको ।
चैत्र पूर्णिमाको दिन कमलको फूलको बीज (हालको पुरानो गुहेश्वरी रहेको ठाउँ ) रोप्नु भएको ।
पछि सो कमलको बीजबाट फुलेको कमलको फूलमा आश्विन शुक्ल पूर्णिमाको दिन स्वयम्भूको
अलौकिक महाज्योति उत्पन्न भएको र कमलका फूलका पातहरुमा पञ्च बुद्धहरु उत्पन्न भएको ।
काठमाडौं उपत्यकाको इतिहास—२
स्वयम्भू महाज्योति दर्शन परम्परा
* अरुण नगरबाट शिखी बुद्ध, अनपम नगरबाट विश्वभू , क्षेमावतिबाट
क्रकुच्छन्द, बनारस कश्यपलगायतका बुद्धहरु विभिन्न दक्षिण भारतका
देशदेशावरबाट आए ।
* महाचीनको पञ्चशीर्ष पर्वतबाट बोधिसत्व महामुनी मञ्जुश्रीसँग अनेकौ
शिष्यका साथ आएको ।
* सोही मध्ये केही शिष्यहरु तामाङ जातिका पनि थिए ।
* बोधिसत्व महामुनी मञ्जुश्रीले स्वयम्भू महाज्योतिको अवलोकन गरे ।
काठमाडौं उपत्यकाको इतिहास—३
* दहको पानी बाहिर पठाउन चारैतिरको पहाडबाट अवलोकन गरे ।
* आफ्नो नेतृत्वमा शिष्यहरुको सहयोगमा दहको पानी बाहिर पठाउन ।
* गोकर्ण, पशुपति, कटुवाल र चौभारको पर्वत वज्रयोगिनीले प्रदान गरेको खड्गद्वारा काटे ।
* पानी बाहिर पठाएर स्वयम्भू महाज्योतिको दर्शन नजिकै गएर गरे ।
* कार्त्तिक शुक्ल । नमोबुद्ध पूर्णिमाको दिनमा दीप प्रज्योलित गर्नु भयो ।
* मञ्जुपत्तन नगर (स्वयम्भू, गुहेश्वरी र वज्रयोगिनीसम्म) स्थापना गरेर मानव वसोवास
आरम्भ गरे ।
काठमाडौं उपत्यकाको इतिहास—५
स्वयम्भू महाचैत्यको निर्माण
* मञ्जुपत्तन नामक शहर निर्माण गरेर एक शिष्य धर्माकरलाई राजा बनाएर महाचीन फर्कनु भएको ।
* यसपछि क्षमावती देशबाट क्रकुच्छन्द बुद्ध, शोभावती देशबाट ककमुनी बुद्ध र बनारसबाट कश्यप बुद्ध
स्वयम्भू महाज्योतिको दर्शन गर्न आउनु भएको ।
* बनारस देशबाट आएका कश्यप बुद्ध मार्फत गौड देशका राजा प्रचण्डदेवले स्वयम्भू महाचैत्यको
ज्योतिको महिमा सुने ।
* उनी पनि नेपाल उपत्यका आएर स्वयमभू ज्योतिको दर्शन गरे ।
* स्वयम्भू महाचैत्यको ज्योतिलाई कसैले पनि बिटुल्याउन नसकोस् भने ।
* राजा प्रचण्डदेवले महाचैत्य बनाएर गर्भमा राखे ।
* निर्माण भएको स्वयम्भू महाचैत्यको प्राण प्रतिष्ठा चैत्र पूर्णिमाको दिनमा भएको ।
* स्वयम्भू महाज्योतिको दर्शन चैत्र पूर्णिमाको दिनमा गर्ने परम्परा नै बसेको ।
* भगवान बुद्ध स्वयम्भू आगमन । आनन्दको नेपाल आगमन । सारीपुत्र नेपालमा मृत्यु । तामाङ चिहान ।
तिमाल अर्थात चैत्र पूर्णिमा जात्राको अधिल्लो दिन–१
* चैत्र पूर्णिमाको अधिल्लो दिनदेखि बौद्ध स्तुपमा लाग्ने ।
* साँझपख आकाशमा पूर्ण चन्द्र देख्ने वित्तिकै बौद्ध स्तुपको माथिल्लो तल्लामा
पुग्ने ।

* आफ्ना मृक्तकको मुत्ति र स्वधर्मका लागि स्तुपलाई दाहिने पारी घुम्ने ।
* घरबाट अस्तु घोटेरे घ्यूका काँचो धागोमा मुछी तयार गरिएका बत्तीहरु (
नाङसाल म्हारमेन) बोक्ने ।
तिमाल अर्थात चैत्र पूर्णिमा जात्राको अधिल्लो दिन–२
* स्तुपको गर्भगृह वरिपरि १०८ वटा खोपामा रहेका बौद्ध तान्त्रिक देवीदेवताको मूर्तिको अघिल्तिर
बाल्ने ।
* आफूसंग आएका वा स्तुप परिशरमा रहेका लामा पुरोहितद्वारा श्रद्धाञ्जली (ङोवा) पूजा गराउने ।
* रातभर स्तुपको परिसरमा जाग्राम बसेर दुखसुख, मायापिरती र जीवनजगतका गीतहरु गाउने ।
बौद्ध स्तुपको निर्माणको इतिहास–१
* बौद्ध क्षेत्रमा रहेकी झ्याझीमा (दिछ्योक्पा)ले पशुपंक्षीको व्यापारबाट मनग्ये धन कमाए ।
* तापनि आफ्ना चार पतिहरु घोडा ता, सुँगुर फाक , कुकुर खि र कुखुरा झ्या , जे व्यापारी पतिहरुबाट क्रमश ः
एकएक छोराहरुको जन्म दिनासाथ मृत्यु भएकाले चिन्तित थिइन ।
* यसो हुनुमा आफूले पूर्व जन्ममा अवश्य पनि अकुशल कर्म गरेकोले हुन सक्छ भनेर सोचिन ।
* फलस्वरुप आगामी जन्म अर्थात् पुर्नजन्म शुभ रहोस् भनेर तत्कालीन राजासँग बौद्ध स्तुप निर्माण गर्नका लागि
जग्गा माग्न गइन ।
* राजाले पनि हुन्छ बनाउनु भने ज्यारुङ खस्योर ।
* झ्याझीमाले पनि आफूसंग रहेको मनग्य धनबाट स्तुप अजङ्गको बनाइन ।
* पुर्नजन्म ः तिब्बतमा ताजेपुले राजा ठिचेन देउचन, फाजेपु धर्म प्रचारक खेन्पो बुद्धिसत्व, खिजेपु कास्मिरमा धर्मरक्षक
पद्मसम्भव , झ्याजे लोन्पो धर्म रक्षक भामिटिसी ।र् हात्तीले धर्म नष्ट गर्ने लाङधर्मा राजा, गधाले मन्त्रि लुइलोन
मस्यात थोम्बे ।
बौद्ध स्तुपको निर्माणको इतिहास–२
* स्थानीयहरुको विरोधका बाबजुद स्तुप करीवकरीब ५ तल्ला निर्माण हुने बखतमा झ्याझीमाको वर्षमा मृत्यु ।
* चार पुत्रहरुले ३ वर्षलगाएर निर्माण सम्पन्न गरी चैत्र पूर्णिमाको दिन प्राण प्रतिष्ठा पूजा सम्पन्न ।
* झ्याझीमाका छोराहरुले मातापिताहरुको मुक्ति र अमिताभ लोकमा बास होस् भनेर ङोबा गरी १०८ वटा बत्तीहरु
बलेका ।
* समानान्तर कथा राजा मानदेव, वज्रयोगिनी र बौद्ध स्तुपको निर्माण ।
* कश्यप बुद्धको अस्तु राखेर निर्माण गरिएको ।
* पाँचौ शताब्दीमा झ्याझीमाको छोरा पद्मसम्भवको रुपमा थिए । (ताजेबु)
* नेपालमा छैठौ शताब्दीदेखि तेमाल जात्रा आरम्भ ।
* सातौं शताब्दीमा तिब्बतमा बौद्ध धर्मको प्रचारप्रसारमा पद्मसम्भव गए । बौद्ध चैत्यको प्रचारप्रसार गरे । जसलाई
येसे छोग्यालले तेरमामा लुकाए । डाछयाग शाक्य स्राङबोलले शाक्ये गुम्बा नजिक रातो स्तुपबाट झिकेर प्रचार प्रसार
गरे ।
* चिनीया लामा , ६० घरे व्यवस्थापक र बौद्धदेखि हेलम्बुसम्मका जग्गा गुठीमा राखिदिएको । गुठीका जग्गाहरु
व्यक्तिगत भइसकेको । संस्थागत संस्था बौद्धनाथ क्षेत्र विकास समिति ।
तिमाल अर्थात चैत्र पूर्णिमा जात्राको दिन–१
नागार्जून, बालाजु २२ धारा र स्वयम्भू
* चैत्र पूर्णिमाको दिन सूर्यदय हुने वित्तिकै जात्रा सुरु भएर साँझ चन्द्रोदय नभएसम्म हुने ।
* सक्ने तामाङहरु बौद्धबाट सवेरै हिडेर सर्वप्रथम नागर्जुन पर्वतमा रहेको स्तुपामा पुग्ने ।
* काठमाडौ उपत्यका दहको रुपमा रहेका बखत विपश्वी बुद्धले नागार्जुन पर्वतमा तप गर्न बस्दा चैत्र पूर्णिमाको
दिनमा कमलको फूल रोपेको स्मरर्ण गर्ने ।
* सो फूलको महाज्योतिमा भगवान स्वयम्भूको ज्योति र फूलका पातहरुमा पञ्चबुद्धको उत्पति हुने ।
* नसक्नेहरु पूर्णिमाको दिन बालाजु २२ धारामा स्नान तीर्थ गरेर स्वयम्भू स्तुपमा पुग्ने ।
* नागर्जुन पर्वतको मूलबाट आउने जरुवा पानीलाई नै एकीकृत गरेर बालाजुका २२ धारामा खसालिएकोले स्नान
तीर्थ गरेका ।
तिमाल अर्थात चैत्र पूर्णिमा जात्राको दिन–२
नागार्जून, बालाजु २२ धारा र स्वयम्भू
* नागर्जुन पुग्नेहरु बालाजुको २२ धारामा फर्केर स्नान गर्ने र नपुग्नेहरु २२ धाराको स्नान तीर्थ
गरेपछि उनीहरु स्वयम्भू पुग्ने ।
* आफ्ना मृक्तकको मुत्ति र स्वधर्मका लागि स्वयम्भू स्तुपलाई दाहिने पारी घुम्दै ।
* अस्तु घोटेर घ्यूका काँचो धागोका बत्तीहरु (नाङसाल म्हारमेन) १०८ वटा बत्तीहरु बोक्ने ।
* स्तुपको प्रदक्षिणा पथमा पञ्चबुद्ध मूर्तिका अग्रभागमा राखिएका एक सय आठ वटा धातुका
पालामा बत्ती बाल्ने ।
* स्तुप परिशर वा वरिपरि रहेका लामा पुरोहितद्धारा श्रद्धाञ्जली (ङोवा) पूजा गर्ने ।
* दिनभर स्तुपको परिसरर यसका वरिपरि पर्वतका काखमा बिश्राम गरेर दुखसुख, मायापिरती र जीवनजगतका
गीतहरु गाउने ।
बाह्र तेमाल र बाह ल्हच्याङ जात्राका पदमार्गहरु ः
नेपाल उपत्यका दह रहेको याम्बुमा तामाङहरुले प्रवेश गर्दा ः
क . पूर्वका तामाङहरु बाह्र तिमाल, नमोवुद्ध वा रविओपी, धुलिखेल, बनेपा, साँगा, भक्तपुर, साँखु वा
ठिमी, परानो बानेश्वर, बौद्ध, चावहिल, ठमेल, बालाजु, नागर्जुन र स्वयम्भू ।
ख . पश्चिमका तामाङहरु बाह्र लच्याङ, त्रिशुली, चतुराले, ककनी, नागार्जुन, बालाजु, चावहिल,
बौद्धबाट बालाजु र स्वयम्भू ।
मञ्जुश्री पद मार्गमा तेमाल जात्रामा तीर्थाटन गर्न आउदा र जादा तामाङहरु तीर्थ यात्रीहरु
एकातिर मौलिक भेषभूषामा भरिरहेका हुन्छन् भने अर्कोतिर मौलिक फापरे गीत सङगीतमा पनि रमी
रहेका हुन्छन् ।
जात्राबाट फर्कदा याम्बु शहर प्रवेश हुँदै
बाह्र तेमाल र बाह्र ल्हच्याङ तर्फ
* स्वयम्भूबाट फर्कदा हनुमान ढोका, इन्द्रचोक, मखन, सेतो मच्छिन्द्रनाथ
बहाल, असन, ठैहिटी, असन वा क्षेत्रपाटीसम्मका क्षेत्रहरु इतिहास नजाने पनि
घुमेर गीतहरु गाउँदै बाह्र तिमाल र बाह्र ल्हच्याङतर्फ फर्कने ।
* फर्कदा पनि तामाङहरुले अआफ्नो भेषभूषामा डम्फू बजाउँदै मातृभाषामा
दोहरी गीतहरु गाउदैँ हिँड्ने ।
निष्कर्ष ः
* तेमाल जात्रा तामाङ जातिको इतिहास र संस्कृतिमा गहिरो रुपमा गाँसिएको एक जीवन्त पर्व हो ।
* यो धार्मिक पालना , पुर्खाहरुको सम्मान र सामुदायिक बन्धनको लागि एक महत्वपूर्ण अवसरको
रुपमा काम गर्दछ ।
* यस महोत्सवको निरन्तर उत्सवले तामाङ समुदायको लागि सांस्कृतिक र ऐतिहासिक केन्द्रबिन्दुको
रुपमा तेमालको स्थायी महत्वलाई प्रकाश पार्छ ।
* तामाङ एकता, पहिचान, बौद्ध धर्म, संस्कृति , लोक साहित्य, सामाजिक सम्बन्ध, भावनात्मक
विनिमय गर्ने जात्रा हो ।
* जात्राले हामी काठमाडौं उपत्यकाका आदिवासी हौ भन्ने कुरा प्रमाणित ।
* जात्राले मुर्त अमूर्त संस्कृति संरक्षण, सम्बर्धन र प्रवर्धन गरेको ।
जात्राको निरन्तरता ः
(विभिन्न अवरोध र आधुनिकताका बाबजूद पनि )
* पौराणिककाल ः नागदह र काली दह । मञ्जुश्रीसँगसँगै आगमन ।
* किरातकाल ः स्वयम्भू स्तुपको निर्माण ।
* लिच्छविकाल ः बौद्ध चैत्यको निर्माण । बंगालका शमसुद्दीनको आक्रमण ।
* मल्लकाल ः हिन्दू राज धर्म । मल्लकालिन आन्तरिक द्वन्द । सिम्रौनगढका सेनापति चण्डेश्वरले
पटकपटक आक्रमण ।
* शाहकाल ः गोर्खा राज्यको विस्तार भइरहदाँ पनि । राज्य गुम्दा पनि तिमालका राजा रेन्जिन दोर्जेको
नाममा दीपप्रज्योलित गर्न आए । ल्हच्याङ विद्रोह । पनौती विद्रोह । तिमाल विद्रोह । नगरकोट
नाल्दुम विद्रोह । तामाङ स्वामित्व खोसेर स्वयम्भु भुटानी लामालाई । बौद्ध चिनीयालामालाई प्रदान ।
बिर्ता जग्गा भुटानी धर्मगुरुलाईगुठीमा परिणत गरेर प्रदान ।
जात्राको निरन्तरता ः
(विभिन्न अवरोध र आधुनिकताका बाबजूद पनि )
* राणाकाल ः बाटोधाटो नहुँदा पनि हिँडेरै । नेपाल तिब्बत युद्ध । असहयोग । विद्रोह । गुठीजग्गा
खोसियो ।
* पंचायतकाल ः जात्रामात्रा गर्न स्वीकृति लिन पर्ने ।
* माओवादीकाल ः नेपाल बन्द ।
* लोकतान्त्रिककाल ः राज्यबाट मान्यता नहुँन ।
निष्कर्षहरु
* हामी काठमाडौं उपत्यकाका आदिवासी हौ ।
* हाम्रो आगमन नेपाल उपत्यकामा नागदह भएका वखतभन्दा पूर्व नै भएको थियो ।
* नमोबुद्ध, नार्गाजून , बौद्ध र स्वयम्भू हाम्रा सम्पदाहरु हुन् ।
* नेपालको पहिलो जात्रा मान्ने जाति हामी हौ ।
* मौलिक भेषभूषामा भब्य उपस्थिति
* सामाजिक एकता, सद्भाव र आस्था प्रर्दशन
* हामी हरेक वर्ष तीर्थाटन गछौं ।
* हामी लोक गीत संगीत प्रवर्धन गछौं ।
* हामी नेपाल मण्डलमा उत्पत्ति भएको मौलिक बुद्ध धर्म मान्दछौं ।
* हाम्रो बौद्ध धर्म पञ्च बुद्ध, भगवान बुद्ध, गुरु पद्म सम्भवद्धार प्रतिपादित समिश्रण युक्त छ ।
* हामी हाम्रा पूर्खा मञ्जुश्री र पुख्यौली भूमी याम्बुको स्मरण गरिरहन्छौं ।
पुरातात्वीक एवम् ऐतिहासिक प्रमाणहरु
* भौगोलिक बसाइँ ः काठमाडौं उपत्यका र यसका वरिपरिका बागमती प्रदेशका पर्वतहरु ।
* तामाङ मञ्जुश्रीसँग नेपाल आगमनको आख्यान, थर वंशावली र स्वयम्भू पुराण ।
* काठमार्डौ उपत्यका उत्पत्तिको कथा, जसको आधारमा निर्मित स्वयम्भू लगायत स्तूपहरुमा चैत्र पूर्णिमाको तिथिमा दीप प्रज्योलन गर्ने
परम्परा ः उज्यालोको संस्कार
* देवीदेवता ,चाडपर्व र जात्रापरम्परा ः पञ्च बुद्ध, मञ्जूश्री, भगवान बुद्ध, पद्म सम्भव । नमोबुद्ध, बौद्ध, स्वयम्भू र मञ्जुश्री पिठहरु ।
आफन्तजन खानपिन ।
* चाड पर्व र परम्परा ः बौद्ध सम्पदा तीर्थाटन, पितृ पूजन, अस्तु विसर्जन र आफ्न्तजनहरुलाई निमन्त्रणा गरेर सामुहिक भोजन परम्परा ।
* धर्म र सम्पदा ः पञ्च बुद्ध परम्परा, लामा बौद्ध धर्म परम्परा, गौतम बुद्ध परम्परा ।
* शेटेन्कोले, २०३९ मा बूढानीलकण्ठको धोवी खोला, बानियाँ पाखा, पण्डित गाउँमा प्राप्त गरेको ढुङ्गे औजारहरु ः मङ्गोलियाको गोवि
मरुभुमीबाट चीन, तिब्बत हुँदै काठमाडौ उपत्यका ३०००० वर्ष पहिले नै प्रवेश गरेका ।
* तेन्जिन गेइदेनसहितको तिब्बतीबाट १४६, काठमाडौंका तामाङ ५४, नेवारबाट ६६ र पुराना अन्य वासिन्दाबाट ७७ गरि ३५५को डि. एन.
ए.अध्ययन गरी २००७ को प्रतिवेदन प्रकाशन ः ह्वाङहो याङ्जी नदीको उपत्यकार्मो नेपाल उपत्यका प्रवेश गर्ने प्राचीन जाति । बढिमा
१६, ५०० वर्षदेखि ४२०० वर्ष प्राचीन देखिएको । ८६.६ प्रतिशत भोट बर्मेली रक्तता पाइएको । भारतीय समिश्रण ० प्रतिशत । नेवार
बढिमा १०, ५०० र कम्तीमा ५८०० वर्ष । ६०.६ प्रतिशत भोट बर्मेली रक्तता पाइएको । भारतीय समिश्रण ५० प्रतिशत ।
तिमाल जात्रामा हुनु पर्ने सुधारहरु
* राज्यबाट आर्थिक व्यवस्थापन ।
* मिडिया हाउसबाट प्रचार प्रसार ।
* तमाङहरुलाई दुई दिन विदा ।
* ठुलाठुला माइकहरु राखेर कन्सर्ट बन्द ।
* मौखिक तामाङ गीतहरुलाई स्वागत ।
* स्वयंसेवक र प्रहरी व्यवस्थापन ।
* निःशुल्क भोजन, पानी र स्वास्थ्य सुविधा ।
* दर्शन, पूजन र बत्ती बाल्ने कार्यमा व्यवस्थापन ।
* व्यवस्थित तामाङ साँस्कृतिक बजार ।
नमोबुद्धको दर्शनले ।
नमोबुद्ध ज्याल सामी ।
शरीरको पाप हटाउँछ ।
लुइलाङीवा दादा बीम
तामाङ तीन तीर्थहरु
बौद्धनाथको दर्शनले ।
ज्यारुङ खस्योर ज्याल सामी
मनले चिताएको पुर्‍याउँछ ।
सेमरी मान्बा डुक्पा बीम ।
स्वयम्भूनाथको दर्शनले ।
फावा सिम्बू ज्याल सामी ।
मनिसको आयु बढाउँछ ।
छेला ब्राज्या सील्ला बीम

रवीन्द्र तामाङ
अनुसन्धानकर्ता एवं लेखक