समाचार

दशैं -तामाङ -म्हेनिङ केहि चर्चा

Screenshot

दशैं तामाङ म्हेनिङ केहि चर्चा

सर्व मङ्गल मङ्गल्ये शिवे सर्वार्थसाधिके |

शरण्य त्र्यम्बके गौरि नारायणि नमोस्तु ते ||

आश्विन कृष्ण प्रतिपदा देखि पित्रृ बुझाउने सोह्र श्राध्द आश्विन कृष्ण औंशीको दिन बिसर्जन गर्दै आश्विन शुक्ल प्रतिपदाको दिन माथि उल्लेखित दुर्गा माताको मन्त्र जप्दै पुजा पाठ गरेर जमारा राख्दै नवरात्री अर्थात दशै शूभराम्भ हुन्छ र यसरि शुरु भएको दशै हरेक बिहान नव दुर्गा भगवतीका शक्ति पीठहरुमा श्रध्दा पूजा पाठ गर्दै नवमीको दिन सम्म चल्ने छ |  

यसरी पुजा गर्ने क्रममा सप्तमी अर्थात फूलपतिको दिन

दुर्गा बिज मन्त्र ॐ ह्रींम् दुं दुर्गाय नम : यो मन्त्र जप्दै देवीकालरात्रि स्वरुपा दुर्गाकोपुजा अर्चना गर्ने गरिन्छ |

यस्तै गरि अष्ठामीको दिन सनातन धर्म अनुशारका दुर्गाको ९ वटा रुपहरु शैलपुत्री, ब्रम्हाचारिणी,चन्द्रघण्टा,कुष्माण्डका, स्कन्द माता,कात्ययनी, कालरात्री, महागौरी र सिध्दि दात्रीको पुजा अर्चना गरिन्छ भने बिशेश पुजा चाहि दुर्गाको आठौ रुप महागौरिको विधि र विधान अनुशार पुजा अनुष्ठान गरिन्छ |

यस्तै गरि नवमीको दिन माथि उल्लेखित  दुर्गाको नवै वटारुपको अनुष्ठान गर्दै दुर्गा पुजाको बिसर्जन गर्दै दशमीको दिन बिजय दशमीको रुपमा ठुलावडाहरुको हातबाट टिका ग्रहण गरिन्छ |  यो टिकाको क्रम चाहि कोजाग्रत पुर्णिमाको दिन सम्म चल्छ र कोजाग्रत पुर्णिमाको दिन कोजाग्रत ब्रत बसेर दशै बिसर्जन गरिन्छ | 

 हिन्दु धर्म मान्यतामा रहेर यसरि मनाएको दशै नेपालमा मात्र हो कि ? अरु ठाउमा पनि मनाउछ त ? 

दशैं नेपालीहिन्दुहरुको मात्रै चाड  नभई समस्थ हिन्दूहरुको महान चाड भएकाले हिन्दू धर्मावलम्बी  भएका अधिकांश ठाउँमा दशैं मनाइन्छ । 
भारतवर्षको भूमीमा पर्ने अधिकांश मुलुकमा हिन्दूहरुको बाहुल्यता रहेको छ । त्यसैले पनि दशैंको महिमा दक्षिण एशियामा फैलिएको छ । 
तर दशैं मनाउने शैली भने मुलुकअनुसार फरक फरक छन् ।

त्यसो भए कुन कुन ठाउमा कसरि मनाउछ त दशै ?

1. काश्मीरः लगातार नौ दिन उपवास
नवरात्री पर्वको रूपमा भारतको काश्मीर क्षेत्रका हिन्दुहरूले दशैं मनाउँछन् । दशैंलाई निकै पवित्र चाडको रूपमा लिइन्छ । बालबालिका बाहेक घरका सबै सदस्यले ९ दिनसम्म पानी मात्र खाएर उपवास बस्ने चलन छ । हरेक दिन खीर भवानी देवीको पूजा गरिन्छ ।

२. तामिल नाडुः तीन देवीको बराबर पुजा
भारतको तामिल नाडु, कर्नाटक, आन्ध्र प्रदेशमा दशहराको नाममा नौ दिनसम्म दशैं मनाइन्छ । अनौठो कुरा के छ भने उनिहरूले नौ दिन मध्ये तीन तीन दिन छुट्टा छुट्टै देवीको पुजा गरिन्छ । सुरको ३ दिन लक्ष्मीको, त्यसपछी ३ दिन सरस्वतीको र बाँकी ३ दिन दुर्गाको पुजा धुमधाम गरिन्छ ।

३. गुजरातः नौ दिन गर्बा नाच
गुजरात क्षेत्रमा नवरात्रीको नामले परिचित छ दशैं । नौ दिनसम्म हरेक रात गर्बा नाच्ने चलन छ । महिला पुरुष सँगै नाचिने यो नाँचमा अत्यन्तै आकर्षक पहिरनको प्रयोग हुन्छ । दुर्गाको मुर्ती, तस्वीर छेउमा राखी दिप प्रज्वलन गरी नाच नाचिन्छ ।

४. उत्तर भारतः रामलिला
उत्तरप्रदेश, बिहार, उत्तराखन्ड र मध्यप्रदेश क्षेत्रको दशैं दुर्गा माता भन्दा भगवान राममा बढी केन्द्रित छ । नौ दिनसम्म तुलसीदासले लेखेको रामचरित्रमानसमा आधारित भएर रामलिलाको प्रर्दशन हुन्छ । बिहारको सितामाडीको जनावर, हस्तकलाका सामान र घरयासी सामान किनमेलको निकै ठूलो मेला लाग्ने गरेको छ ।

५. हिमाञ्चल प्रदेशः विशाल धार्मिक यात्रा, रघुनाथको पुजा
हिमाञ्चल क्षेत्रवासीले दुर्गाको अलवा स्थानी देवता रघुनाथको पनि भव्य पुजा गर्छन । हजारौं सहभागी भएर झकिझकाउ पारेका देवताका मुर्ति बोकेर यात्रा गरिन्छ । यात्रामा नाँच गान पनि गरिन्छ ।

६. बंगलादेश र पश्चिम बंगालमा ५ दिन मात्र
दसहराको नाममा पश्चिम बंगालमा ५ दिन मात्र दशैं मनाइन्छ । ठाउँठाउँमा दुर्गा भगवतीका भव्य र आकर्षक मुर्ति निर्माण गरिन्छ । मिठाई र मिठामिठा परिकार पकाएर खाने चलन छ । बंगलादेशमा पनि हिन्दुहरू पाँच दिनको नै दशैं मनाउँछ्न । राजधानी ढाका लगायतका ठाउँमा देवी दुर्गाको विशाल मन्डप बनाइएको हुन्छ । अन्तिम दिन नदीमा लगेर विसर्जन गर्ने चलन छ ।

७. महाराष्ट्रः दशौं दिन सरस्वती पुजा
महाराष्ट्र क्षेत्रमा दशैंको नौ दिन दुर्गाको पुजा गरिन्छ भने दशौं दिन सरस्वतीको । यो दिन स्कुल पढ्ने विद्यार्थीले सरस्वतीको आर्शिवाद माग्दै भव्य रूपले पुजा गर्छन् । नयाँ घर किन्न, घर प्रवेश गर्न र बिहेवारिका लागि यो दिन उपयुक्त मानिन्छ । यो त रह्यो दशैको सवल |

माथि उल्लेखित दशै पर्व उर्फ म्हेनिङ एउटै पर्व हो या छुट्टा छुट्टै हो भन्ने सावलमा नेपालमा रहेको तामाङ समुदायमा बिबाद र बहस भैरहेको पाईन्छ | यी बहसलाई निष्कर्षमा पुर्याउन र तामाङ समुदायलाई सत्य तथ्य बुझाउन  हामी एक पटक तामाङ समुदायको इतिहास सम्म पुग्न जरुरत छ | 

के हो त तामाङ इतिहास ? 

को हो त तामाङ ? 

यो समुदायको धर्म, चाड पर्वहरु के हो त ?

तामाङ जातिको इतिहास

  1. इतिहास
  2. थर र उपथर
  3. सांस्कृतिक धार्मिक
  4. बसोबास
  5. भेषभूषा तथा गरगहना
  6. चाडपर्वहरु
  7. लोक बाजाहरू
  8. पात्रो

तामाङ’ जाति नाम (Ethno-name) शब्द हो । Ethnicity अर्थात जाति भन्ने UN को ILO 169 अनुसार कुनै पनि देशमा आदिम काल देखि बस्दै आइरहेका मुल जाति वा आफ्नै छुट्टै पहिचान भएका राष्ट्रलाई बुझाउँदछ । त्यसैले तामाङ जाति एक छुट्टै भाषा, धर्म, लिपि र संस्कृति भएका नेपालका एक प्रमुख जाति वा राष्ट्र हो । तामाङ जाति धार्मिक दृष्टिकोणले मुलरूपमा महायानी बौद्ध धर्म अन्तरगत निङमा सम्प्रादयाका अनुयायी हुन । तर आदिम कालमा भने उनीहरू प्रकृति पुजक तथा प्रकृतिको नियमलाई आफ्नो आस्था मान्दथे । सातौं सताब्दीमा तिब्बतका धर्मराजा श्रङचन गोम्पाका पालामा तिब्बतमा बौद्ध धर्मको विस्तार हुनु भन्द अगाडि नै तामाङहरूले बौद्ध धर्म अपनाइसकेका थिए ।

तामाङ जाति मुलरूपमा काठमाण्डौं उपत्यका लगायत वरिपरिका जिल्लाहरु सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, मकवानपुर, सिन्धुली, दोलखा, रामेछाप, रसुवा, नुवाकोट र धादिङमा बाहुल्यातापूर्वक बसोबास गरेको पाइन्छन । तर, बसाई सराइ तथा आप्रवासनको कारण नेपालको सबै जिल्लाहरु र भारतको पश्चिम बंगालको दोर्जेलिङ, कालेबुङ, खर्साङ, आसम, नागाल्यान्ड, मणिपुर, अरुणाचल लगायत भुटान सम्म यो जाती फैलिएका छन ।

तामाङ जातिले बोलिने भाषालाई तामाङ भाषा भन्दछन । यो चिनी-तिबाती भाषा महापरिवारको भोट बर्मेली परिवारको सदस्य भाषा हो । तामाङ समाजमा निकै प्रचलित शब्द छ ‘ताम्बा’ । ताम अर्थात ‘भाषा’ वा ‘कुरा’ हुन्छ र ‘-बा’को अर्थ ‘व्यक्ति/कर्ता’ हुन्छ तसर्थ ‘ताम्-बा’को शाब्दिक अर्थ ‘भाषा प्रारम्भ गर्ने व्यक्ति पनि भन्ने अर्थ हुन्छ । तामाङ समाजमा ताम्बाको ठूलो महत्त्व र अहम भूमिका रहेको हुन्छ ।

थर र उपथर

१. दोङ २. गाङ्दन ३. गोले ४. बल ५. तितुङ ६. योञ्जन ७. बोम्जन ८. डुमजन ९. लोप्चन १०. मिक्चन ११. घिसिङ १२. लो १३. घ्लान १४. ग्याबाक/ग्याबा १५. नेगी १६. मोक्तान १७. स्याङतान १८. पाख्रिन १९. स्याङबो २०. थोकर २१. वाइवा २२. जिम्बा २३. रुम्बा २४. गोङबा २५. थिङ २६. तोइसाङ २७. ग्रोप २८. लुङवा २९. वाइवा ३०. ब्लोन ३१. च्यावा ३२. जेङदेन ३३. स्योङ ३४. लामाखोर ३५. बज्यू ३६. गोल्देन ३७. बल्देन ३८. दाम्देन ३९. होप्तेन ४०. विम्देन ४१. चोदङ ४२. दार्जो ४३. तुप्पा ४४. दारताङ ४५. काइतान ४६. ङेके ४७. काल्देन ४८. वोडगन ४९. नेरणेन ५०. झ्यूमी ५१. ङारदेन ५२. मारपा ५३. ब्लेन्देन ५४. ल्याङसेन ५५. कारदेन ५६. माम्बा ५७. डिम्डुङ ५८. गोम्बो ५९. गोम्जा ६०. ग्यान ६१. च्याङग्री ६२. छेमेन ६३. लोबा ६४. ग्येके ६५. ग्युजो ६६. ङयाङजो ६७. लोकर ६९. गेरम्बा ७०. च्याबा ७१. छेलेङार्तेन ७२. नाम्राङ ७३. पाजुन्देन ७४. गिङथन ७५. गाम्देन/गोम्देन ७६. दुर्पा ७७. कर्मावा ७८. ममेखोर ७९. म्लेन्देन ८०. क्युङवा ८१. दाम्राङ ८२. कार्ते ८३. गेमसिङ ८४. बालतोङ ८५. छेपेङकर ८६. सिङदन ६९‍. ङेसुर

तामाङ जतीको जन्म संस्कार

क. छेवार

तामाङ जातिको जन्मसंस्कारमा सबैभन्दा महत्त्वपूर्ण संस्कार छेवार हो । छोराहरूको मात्र छेवार गरिन्छ । छेवार ३ देखी ७ वर्षसम्म गरिन्छ । छेवरलाई मामामुखी संस्कार पनि भनिन्छ । मामाको अनुपस्थितिमा छेवार गर्न सकिंदैन र छेवार नभए अरू कर्म गर्न सकिंदैन । मामा नहुनेले नजिकको मामालाई मामा मानेर काम चलाइन्छ । मामाको हातबाट शुभसाइत वा लगन ठहर्याइ विशेष गरेर मामाको निर्देशन र सरसल्लाह अनुसार यो कार्य गरिन्छ । मामाको हातबाट केश मुण्डन गर्ने, वस्त्र दिने, टीका लगाउने र दक्षिणा दिने यो कार्यमा मामा, बाजे, बज्यै र मामाका सन्तानलाई सगुन लिएर मान्न जाने, निर्देशन लिने र विशेष सम्मान गरिन्छ । विशेष सम्मानका साथ खसीराँगा, भैँसी, कुखुरारक्सीरोटीलिएर सगुनसूत गर्ने र छेवरको दिन तम्वा र डम्फुरेले डम्फुलिएर मामाहरूलाई स्वागत गरेर ल्याइन्छ र आसनमा बसालेर विधिपूर्वक मान्य मर्यादामा सम्मान गरिन्छ । साथै कार्य सकिए पछि भोज, नाचगान, भेला गराइन्छ र विदा हुने बेलामा मामाले भान्जालाई आर्शिवाद दिने र गच्छे अनुसार उपहार दिएर मामालाई विदा गरिन्छ । काटेको कपाल १५ दिनपछि लामाको हातले बुद्ध धर्मको शरणमा जाओस भन्दै कपालको ठुटो काटिन्छ । यस कार्यलाई भने “टाप्चे” भनिन्छ ।

ख. जन्म संस्कार वा थ्याप्साङ

गर्भधारणदेखि विवाह हुन अघिसम्म गरिने सबै संस्कारहरूलाई जन्मसंस्कार अन्तरगत समावेश गर्न सकिन्छ । तामाङ जातिमा निम्न संस्कारहरु गरेको पाइन्छ ।

  1. न्वारन – लामाद्वारा जन्मेको ७ दिनदेखि १३ दिनसम्म,
  2. अन्नप्रशान – जन्मेको ६ महिनादेखि ९ महिनासम्म ,
  3. छेवर – जन्मेको ३ वर्षदेखि ९ वर्षसम्म,
  4. गुफा बस्ने – विद्याकर्म ।
    1. थ्याप्साङ – कुनै महिला र पुरुषले नजानेर होस या भुलेर भएपनि स्वांगे भाइ भित्र ब्रेलसाङ ( बिबाह) गरेको पाएमा  तामाङ परम्परा अनुसार गाउँ निकाल गरि लखेटिने परम्परालाई तामाङ भाषामा “थ्याप्साङ” भनिन्छ ।
  5. बुढो अन्नप्राशन – वृद्ध भएर दाँत झरेर फेरी उम्रेमा गर्ने अन्न प्राशन ।

विवाह संस्कार

मंगोलियन समुदायका बौद्ध धर्मावलम्बी तथा विभिन्न थर तथा उपथरमा विभाजित तामाङहरूको विवाहपद्धतिलाई हेर्दा मागी, चोरी, प्रेम, जारी तथा विधुवा विवाह गर्ने गर्दछन् । यो जातिमा मामाचेला, फुपुचेला (आफ्नो र नजिकको स्वांगे भाइ थरको नभई अर्कै थरको,जस्तै:थिङ थर भएकोले थिङ र  आफ्नो नजिकको  स्वांगे भाइ ङ्यास्युर लगायतको बाहेकका कुटुम्बा थरहरु संग विवाह गर्ने प्रचलन रहेको पाइन्छ ।

मृत्युसंस्कार

तामाङ जातिमा अन्य जातिमा जस्तै मृत्यु संस्कारलाई महत्त्वपुर्ण संस्कारको रूपमा लिएको पाइन्छ । यिनीहरु बौद्ध धर्मावलम्वी भएका हुनाले यिनीहरु पूर्वजन्म र पुनर्जन्ममा विश्वास गर्दछन् । मृत्यु पश्चात् आत्मालाई मोक्ष दिन बौद्ध धर्म ग्रन्थ अनुसार लामाको विधिले मृत्यु संस्कार कार्य सम्पन्न गरिन्छ । तामाङ जातिमा मृत्यु संस्कार भित्र पर्ने विधिहरूलाई यहाँ राखिएको छ ।

क. शव उठाउने र शवयात्रा

व्यक्तिको मृत्युपछि आफन्तले कुङताङमा गच्छे अनुसार भएमा १०८ बत्तिभन्दा बढी म्हाँरमेन बत्ति बाल्ने गरिन्छ । बौद्ध परम्परा अनुसार लामाहरूलाई खबर गरी फोवा गर्ने, धुपी आदि र अगरबत्तीको धुपबध्वार गर्ने गरिन्छ ।

ख्. दाह संस्कार

तामाङ जातिमा शव यात्रा पछिको मृत्यु संस्कारमा दाहसंस्कारको क्रम आउँछ ।

ग. पंचशीलको पालना

तामाङ जाती बौद्ध धर्मको महायान सम्प्रादायका हुन । महायानी बुद्ध धर्म अनुसार आफन्तको मृत्यु भएको ४९ औँ दिनसम्म पंचशीलको पालना गर्नु पर्दछ । हिन्दु समुदायको जस्तो कपाल खौरिने, नुन बार्ने, सेतो लुगा लगाउने आदि गर्नु पर्दैन । तर धेरै ठाउमा हिन्दु धर्मको प्रभावका कारण कपाल खौरिने, नुन बार्ने र सेतो लुगा लाउने जस्त कार्यहरु पनि गरेको देखिन्छ | पछिल्लो समयमा यि कार्यहरु छोड्दै आएको पनि देखिन्छ |

घ. उनन्चास (४९) जुठो फुकाउने तथा घेवा

तामाङहरूको अन्तिम संस्कार (समग्रमा) उनन्चास गर्ने , जुठो फुकाउने आदि सबै कार्यलाई घेवा भनिन्छ । तामाङ जातिमा मृत्युसंस्कार हुने क्रिया तथा घेवा ३ किसिमको पाइन्छ  :

  • एक दिने घेवा–लामाको विधि अनुसार पहिलो दिनको घेवाको नाम एक दिने घेवा वा एक विहाने घेवा भनिन्छ । तर यो पनि गर्न दिनभरी लाग्दछ ।
  • एकराते घेवा–लामाकै विधि विधान अनुसार दोश्रो एक राते घेवा बिहान शुरु भएर दिनभरदेखि रातभर गरेर त्यसको भोलिपल्टको विहान सकिन्छ । जसको सन्तान छैन त्यस्ताले जीवित अवस्थामा आफैले पनि यस किसिमको घेवा गर्दछन् ।
  • रंगे घेवा– यो घेवालाई तेस्रो घेवा मानिन्छ । तामाङहरूले मृतकको नाममा चैत्य तथा माने बनाउने गर्दछन् । यसलाई हिकीतथा माने पनि भनिन्छ । यसमा ཨོཾ་ མཎི་ པདྨེ་ ཧུྃ་ भन्ने मन्त्र अंकित हुन्छ । कसै कसैले जीवित हुँदै चैत्य बनाउने गर्दछन् ।

बसोबास

नेपालको राजधानी काठमाण्डौ उपत्यकाका आसपासका केहि जिल्ला ललितपुरकाभ्रेपलाञ्चोकसिन्धुपाल्चोकसिन्धुलीरसुवा, धादिङ्ग,नुवाकोट र यससँग सिमाना जोडिएका दोलखारामेछापमकवानपुरधनकुटा लगायत केहि अन्य ठाउँहरूमा तामाङहरूको बस्ती रहेको छ । यी जिल्लामा तामाङ जातिको बसोबास आवादी वहुसंख्यक रूपमा रहेको छ।

भेषभूषा तथा गरगहना

बौद्ध धर्म अध्ययन गर्ने लामाहरु पहेंलो र रातो बस्त्र चिवर धारण गर्दछन् । बौद्ध धर्मावलम्बी अनुयायीहरू अथवा उपासाक उपासिकाले चही तामाङको मौलिक पोशाकहरू लगाउने गरिन्छ भने अन्य पोशाकलाई पनि अत्यन्तै आस्था र महत्त्व दिन्छन्।

द्रष्टव्य – चिवर (बौद्ध भिक्षुहरूले लगाउने वस्त्र)

चाडपर्वहरु

तामाङ जाति बौद्ध धर्मावलम्बी भएकोले बुद्ध धर्म सङ्ग सम्बन्धित महोत्सव/ पर्व र बौद्ध धर्मको चार महोत्सवलाई धेरै मान्यता दिने गरिन्छ। बुद्धका लिला सङ्ग आधारित पर्व / महापर्व मनाउदैं आएका छ्न्।

ल्होछार (ल्हो= बर्ष, छार= नयाँ)

प्रत्येक बर्षमा एउटा ह्लोछारको आरम्भ हुने गर्छ। जुन तामाङ जातिको नया बर्षको सुरूवात पनि हो। ह्लोछार 2 सब्दको अर्थ मिलेर बनेको हुन्छ। ह्लो = बर्ग , छार = नयाॅ । जुन शब्दले प्रत्यक बर्षमा नया वर्ग(ह्लोछार)को आरम्भ भयो भन्ने बुझाउछ।

सिंगुन खास्योर ङ्या (तेमाल जात्रा)

गोने ङ्या

दुगु ङ्या (बुद्ध जयन्ति)

सोकराती ङ्या

बोइतापा ङ्या

लोक बाजाहरू

तामाङ जातिको लोक बाजा

तामाङ जातिले डम्फुटुङ्नाडोङमेनग्यालिङमुरलीडिल्बूकाङलिङ्भाटेमादलपलीपिहुङ आदि लोक बाजाहरू प्रयोग गर्छन्।

पात्रो : नेपालमा आहिले सम्म हेर्दा दुइ खालको पात्रो प्रचलनमा रहेको देखिन्छ | ति मध्ये एउटा सौर्य पात्रो र अर्को चन्द्र अर्थात लुनर पात्रो | यि दुइ पात्रो माध्येमा तामाङहरुले चन्द्र पात्रोलाई मानेर चन्द्र पात्रो अनुरुप आफ्नो दैनिक देखि मासिक र बार्षिक रुपमा आफ्नो जातिय संस्कार संस्कृति अनुशारका धार्मिक, समाजिक ब्यक्तिगत जन्म देखि मृत्य सम्मको हरेक   कार्यहरु गर्दै आएको पाइन्छ |

के हो त चन्द्र पात्रो ? र

के फरक छ त सौर्य पात्रो र चन्द्र पात्रोमा ?

पृथ्वीले सुर्य र चन्द्रमाले पृथ्वीको परिक्रमा गरिरहने कुरा हामी सबैलाई थाहा छ । पृथ्वीबाट सुर्य र चन्द्रमाबाट पृथ्वीको दुरी अलग अलग छ । त्यस्तै यी दुवै ग्रहको घुम्ने बाटो र गुरुत्वाकर्षण शक्ति समेत एउटै नहुँदा पुरै परिक्रमा गर्दा लाग्ने समय पनि एउटै हुँदैन । पृथ्वीले सूर्यको परिक्रमा गर्न ३६५ दिन लाग्छ भने चन्द्रमाले पृथ्वीको परिक्रमा गर्न ३५४ दिन मात्रै लाग्छ । परिक्रमा गर्ने क्रममा यी दुवै ग्रह (पृथ्वी र चन्द्रमा) आफैं पनि घुम्दै परिक्रमा गर्ने हुँदा पृथ्वीमा दिन र रात हुन्छ । आ-आफ्नै मार्गबाट घुमिरहने क्रममा बर्षमा एकपटक सुर्य, पृथ्वी र चन्द्रमामा त्रिकोणात्मक छायाँ पर्न जान्छ । त्यतिबेला पृथ्वीबाट सुर्य र चन्द्रमाको केही भाग देखिदैन । जसलाई हामी धार्मिक मान्यता अनुसार ग्रहण लागेको भन्छौ । त्यसैले ज्योतिष शास्त्रीय कुरा खगोलशास्त्रसँग सम्बन्धित हुन्छ ।

सुर्य र चन्द्रमाको यही गति र प्रभावको आधारमा ल्हो (बर्ष), ला (महिना) र दिनहरु निर्धारण गरिन्छ । सुर्यको गतिको आधारमा बन्ने पात्रोलाई सौर्य पात्रो (Solar Calendar) र चन्द्रमाको गति र प्रभावको आधारमा बन्ने पात्रोलाई चन्द्र पात्रो (Lunar Calendar) भनिन्छ । हामीसँग प्रचलनमा रहेको विक्रम सम्वत्को क्यालेण्डर सौर्य सिद्धान्त अनुसार बन्दछ भने मञ्जुश्री सम्वत्को क्यालेण्डर चन्द्र सिद्धान्त अनुसार बन्दछ ।चन्द्र पात्रो अनुसार ३५४ दिनको एक बर्ष हुने हुँदा यसमा २९ देखि ३० दिनसम्मको एकमहिना बनाइन्छ । चन्द्रपात्रोमा साढे २३ घण्टाको एकदिन र साढे २९ दिनलाई एक महिना मानिन्छ । त्यसैगरी सौर्य पात्रो अनुसार ३६५ दिनको एक बर्ष हुने हुँदा कम्तिमा २९ दिन र बढीमा ३२ दिनसम्मको एक महिना बनाइएको हुन्छ । यसमा २४ घण्टाको एकदिन र साढे ३० दिनलाई एकमहिना मानिन्छ । यसरी साढे ३० दिन र साढे २९ दिनको महिना मान्ने भिन्न परम्परा हुँदा महिना दिनमा नै यी दुई पात्रो बीच एकदिनको फरक पर्न जान्छ । यसरी १२ महिनामा सुर्य पात्रो र चन्द्र पात्रोमा ११ देखि १२ दिनको फरक पर्न जान्छ । तर फरक फरक सिद्धान्त अनुसार पात्रो बनेपनि यो नियम एकअर्कोसँग अन्तरसम्बन्धित हुँदा यसलाई अनिवार्य मिलान गर्नुपर्छ । 

सौर्य बर्षभन्दा चन्द्र बर्षमा प्रत्येक बर्ष ११ दिनको कमी हुँदा यसलाई अरु पात्रोसँग संयोजन गर्न साढे ३१ महिनामा एउटा मलमास (अतिरिक्त महिना) थप्नै पर्छ किनकि साढे ३१ महिनामा सौर्य पात्रोको दिनभन्दा चन्द्रपात्रोको दिन ३० दिन कम भइसकेको हुन्छ । यसकारण चन्द्रपात्रोमा प्रत्येक तेस्रो बर्षमा मलमास पर्न जान्छ । यदि यो समयभित्र चन्द्रपात्रोमा अतिरिक्त महिना थप गरिएन भने बर्षेनी ११ दिन थपिदै जाँदा झन् गञ्जागोल पर्न जान्छ ।  यसरि हरेक ३ बर्षमा अतिरिक्त महिना(मलमास) थप गरेर सौर्य पात्रो र चन्द्र पात्रोको मिलन गर्दा कहिले कहि सौर्य पात्रो अनुशार मनाएको चाड पर्वहरु र चन्द्र पात्रो अनशार मनाएको चाड पर्वहरु एकै दिन पनि हुने गर्दछ | 

यति बिषय बस्तु उल्लेख भए पछि अब यहा निर  दशै र म्हेनिङ  बारेमा उठेको सवलहरु के के हो त ?

एक पक्ष भन्ने गरेको पाइन्छ :

म्हेनिङ हाम्रो चाड हो, दशैं संग म्हेनिङको कुनै सम्बन्ध छैन | दशै त राज्यले हाम्रो चाड माथि ओभर ल्याब गरेको हो | हामीले मान्ने म्हेनिङ बिधि छुट्टै छ | हामीले म्हेनिङमा छ्योरे पुजा, खेप्पा स्हुङ पुजा गरेर मान्छौ | 

म्हेनिङ

दशैंको विकल्प म्हेनिङ कि खेप्पास्हुङ?

नेपालका हिन्दू खस–आर्यहरुले दशैंलाई राष्ट्रिय पर्ब मनाइरहँदा  गैह्रहिन्दू आदिवासी तामाङहरुले भने यही छेका पारेर मौलिक पर्ब म्हेनिङ मनाइरहेका छन् । यही सन्दर्भलाई केही मानिसहरुले दशैको तामाङ भाषाको अनुवाद म्हेनिङ हो कि भन्ने भ्रम पनि परेको हुन सक्छ । त्यसैकारण केहीले दशैं मान्नु र म्हेनिङ मान्नु एकै हो भन्ने पनि गरेका छन् । वास्तविकता के हो भने दशै राज्य संरक्षित पर्ब हो भने म्हेनिङ पुनर्जागरण गरिएको चाड हो । 

खेप्पास्हुङ  ‘खेप्पा’ र ‘स्हुङ’ मिलेर बनेको छ । जस्को अर्थ हुन्छ ‘बुढो देवता’ । अर्थात पितृ पुजनु नै खेप्पास्हुङ हो । मुलतः हिन्दूहरुले पितृपुजाका लागि सोह्रसराध गरिरहँदा तामाङहरुले पनि पितृस्मरणका लागि खेप्पास्हुङ मनाउने गर्दछन् । तर यो पर्ब मनाउने विधि विधान तथा यसको प्रक्रियाहरु भने फरक छ । खेप्पास्हुङ मनाउँदा हरेक घरमा पितृको तोर्माको प्रतिमुर्ती स्थापना गरेर भाले बली दिने गरिन्छ । यस्तो पुजामा जाने बुझेसम्म पितृहरुको नाम स्मरण गर्ने र आशिर्वाद माग्ने गरिन्छ । 

म्हेनिङ आदिवासी तामाङहरुको मौलिक र परम्परागत धार्मिक, साँस्कृतिक पर्व हो । यसको दशैंसंग कुनै साइनो र सम्बन्ध छैन । दशैंमा पुजा गरिने शक्ति पीठ, दुर्गा पुजासंग म्हेनिङको कुनै सम्बन्ध छैन । केवल म्हेनिङ मनाउने समयको मिलन मात्र हो भने पनि हुन्छ  किन भने म्हेनिङ भनेको नवौ महिनाको नाम हो । अर्थात यो काल र समय मात्र हो । यो नवौ महनिामा मनाइने पर्ब भएकाले म्हेनिङ प्रचलनमा रहेको हो । तर यो पर्ब मनाउने विधि, विधान र परम्परा अनुसार म्हेनिङको अर्को रुप खेप्पास्हुङ हो । 

खेप्पास्हुङ के हो ?

म्हेनिङको वास्तविक अर्थ र महत्व खेप्पास्हुङसंग सम्बन्धित छ । खेप्पासुङ नमनाउने हो भने म्हेनिङको कुनै अर्थ रहँदैन । अशोज कात्र्तिक महिनाको बीचमा पर्ने म्हेनिङ पर्बको मुख्य क्रियाकलाप खेप्पास्हुङ मनाउनु हो । 

खेप्पास्हुङ  ‘खेप्पा’ र ‘स्हुङ’ मिलेर बनेको छ । जस्को अर्थ हुन्छ ‘बुढो देवता’ । अर्थात पितृ पुजनु नै खेप्पास्हुङ हो । मुलतः हिन्दूहरुले पितृपुजाका लागि सोह्रसराध गरिरहँंदा तामाङहरुले पनि पितृस्मरणका लागि खेप्पास्हुङ मनाउने गर्दछन् । तर यो पर्ब मनाउने विधि विधान तथा यसको प्रक्रियाहरु भने फरक छ । खेप्पास्हुङ मनाउँदा हरेक घरमा पितृको तोर्माको प्रतिमुर्ती स्थापना गरेर भाले बली दिने गरिन्छ । यस्तो पुजामा जाने बुझेसम्म पितृहरुको नाम स्मरण गर्ने र आशिर्वाद माग्ने गरिन्छ । 

तामाङ समाजमा खेप्पास्हुङ संगै झ्योहो र झ्योमो पुजा गर्ने गरिन्छ । यो भनेको छिमेकी वा गाउँ समाजलाई पुजा गर्ने प्रचलन हो । गाउँका देवी, देवता तथा अन्यलाई पनि स्मरण गर्ने अवसर हो ।  म्हेनिङको अवसरमा सामाजिक एकता तथा धार्मिक सहिष्णुताको सन्देश प्रबाह गर्ने परम्पराका रुपमा यसलाई लिन सकिन्छ । 

यी दुबै पुजा पछि तोर्मा र भालेको मासुको प्रसाद वितरण गरिन्छ । गाउँभरी प्रसाद वितरण गर्न अपुग भएमा प्रसादमा फलफुल र मिठाइ पनि थपेर बाड्ने चलन छ । 

हिजो आज थरगत सामुहिक पुजा गर्ने चलन पनि चलेको छ । जस्ले गर्दा दाजुभाइहरु एकै स्थानमा भेला भएर खेप्पास्हुङ मनाउन सकियोस । हाल पुजा गर्ने ल्हाबोन (पुजारी)को अभावले पनि यस्तो सामुहिक पुजाको अभ्यास हुन थालेको हो । यस्तो पुजा प्रतिष्ठानमा सहभागी सबैले आफनो तर्फबाट सकेको प्रसाद र फलफूल लैजाने गर्दछन् । 

तामाङ समाजमा खेप्पास्हुङ संगै झ्योहो र झ्योमो पुजा गर्ने गरिन्छ । यो भनेको छिमेकी वा गाउँ समाजलाई पुजा गर्ने प्रचलन हो । गाउँका देवी, देवता तथा अन्यलाई पनि स्मरण गर्ने अवसर हो ।  म्हेनिङको अवसरमा सामाजिक एकता तथा धार्मिक सहिष्णुताको सन्देश प्रबाह गर्ने परम्पराका रुपमा यसलाई लिन सकिन्छ । 

बास्तवमा खेप्पास्हुङ वा म्हेनिङ दशैं परिपुरक नभएर आदिमकाल देखि चलेको चलन हो । यो मौलिक परम्परा हो । खास गरेर बोन धर्म ग्रहण गरेबाट नै यो पर्ब तामाङ समाजमा प्रचलित थियो । पछि बौद्ध धर्म ग्रहण गरे पछि पनि तामाङहरुले म्हेनिङ मनाउन छोडेको पाइन्न । खासमा भन्ने हो भने बौद्ध धर्मका संस्कार र संस्कृति अनि बोन संस्कृतिलाई मिश्रित रुपमा चलाएको पाइन्छ 

म्हेनिङ मान्ने पक्षको कुरो यो आए पछि के भन्छ त म्हेनिङ नमनाउने पक्ष ?

म्हेनिङ नमान्ने पक्ष:

म्हेनिङ महिना चन्द्र पात्रो अनुशार ९औ माहिना हो | यो पात्रो अनुशार सौर्य पात्रोको अशोज कृष्ण औशिको भोलिपल्ट प्रतिवदाको दिनलाई चन्द्र पात्रोको ९औ माहिनको १ गते अर्थात म्हेनिङ महिनाको पहिलो दिन मान्द छ | यदि म्हेनिङ महिनाको मात्र नाम नभएर हाम्रो पात्रो अनुशारको चाड हो भने यहा उल्लेखित पहिलो दिनमा के पुजा गर्छ ? एवंम् रितले कुन कुन दिनमा के के पुजा गर्दै १० दिन, जुन दिन दशै मान्नेहरुले बिजय दशमिको नाममा टिकाको कार्यक्रम राखेको हुन्छ, त्यहि दिन र त्यहि साइत पारेर टिका कसरि रहन गयो ?  पहिलो सवल, 

दोस्रो सवल : यदि हाम्रो चाडमा राज्यले दशै थुपारेको हो भने त्यहि तिथिमा नेपालमा मात्र नभएर माथि उल्लेखित नेपाल बाहेक अन्य ठाउहरुका हिन्दुहरुले किन र कसरि दशैं मान्ने गरियो ? 

तेस्रो सवल : मलमास बाहेकका बर्षहरुमा म्हेनिङ माहिना ९औ महिना हुदा समय चक्र अनुशार सौर्य पात्रो र चन्द्र पात्रोको गति मापन गर्दा ९औ माहिनामा लगभग साढे आठ दिन फरक भएको देखिन्छ | यसरि फरक भएको दुइ पात्रोको छुट्ट छुट्टै चाड कसरि संधै एकै दिनमा रहन गयो ? 

चौथो सवल : तामाङले मनाएको म्हेनिङ चन्द्र पात्रो अनुशार पनि होइन  भनेको हो भने म्हेनिङ अर्को कुन पात्रो अनुशार मनाइ रहेको छ ? 

पांचौ सवल : खेप्पा स्हुं सिंगो तामाङ जातिको पितृ बुझाउने पुजा हो भने कुखुरो बलि चडाएर गरेको पुजा बौद्द धार्मिक मान्यता अनुशारका चन्द्र पात्रोको तिथि साइतमा कसरि मान्न थालियो ? अनि बलि चढाएर पित्रृ बझाउनु बौद्द धर्म अनुशार पाप भयो कि पुण्य भयो ? उदाहरणको लागि तपाईको पुर्ख, जो बित्नु हुदा पञ्चाशिल ग्रहन गरेको लामा द्वारा लामा बिधि अनुशार लास जलाउने देखि घेवा सम्म गरेर बिदा गरेको हुन्छ | यसरी बिदा गरेको पुर्खालाई पितृ बुझाउने नाउमा भाले बलि चढाएर पुजा गर्नु के पुण्यको काम भयो र ?

छैटौ सवल : लौ मानौ यो पर्व तामाङहरुले बौद्द धर्म मान्नु अगाडि बोन धर्म मान्दै गर्दा देखिको हो | त्यसैले भाले काटेर पुजा गरिएको हो भन्ने हो भने अगिल्लो दिन भाले काटेर भालेको रगत मिसिएको अक्षताको टिको लाउनेहरुले भोलि पल्टा किन दही चामल मात्रको सेतो टिका लाउन जरुरत पर्यो ? खेप्पा स्हुङ पुजा गर्नेहरुले त पुजा सक्न साथ पर्साद खानु अगाडि नै भालेको रगत र अक्षता मिसाएको टिका लाएर मात्र पर्साद सेवन गर्छ होइन त ? हो तामाङ समुदायहरुले बिल्कुल बौद्द धर्म मात्र नभएर बोन धर्मको केहि पक्षलाई नि आहिले सम्म नरिन्तरता दिदै आएको पाइन्छ | यसै सन्दर्भमा तामाङहरुले माथि उल्लेखित छ्योरे पुजा अर्थात भिमसेन पुजा र खेप्पा स्हुङ अर्थात गरु चन दोउको पुजा धेरै ठाउमा भिन्न भिन्न समयमा गरेको पाइन्छ | यो पुजा गर्नुको कारण जनस्रुतिमा आधारित भएर उल्लेख यस प्रकार नि गरेको पाइएको छ | उहिले तामाङको म्हेमेहरु भोटमा नुन लिन जांदा सकुसल घरमा आइपुगोस र आउनसाथ भागल पुरा गर्छु भनेर गुरुचनचन देव र भिमसेनको भाकल गरेर भोट गएको थियो रे | यसरी जांदा एक जना म्हेम्हे चाहि बाटोमा बिमार भएर बसेछ रे, बांकि म्हेमेहरु चाहि  म्हेनिङ माहिनामा आइपुगेर त्यहि माहिनामा भागल पुजा गरेछ रे | बिमार भएको म्हेमे चाहि पछि हिउदमा मात्र आइपुगेकोले उक्त बागल पुजा बैशाख पुर्णिमाको दिन भन्दा अगाडि पुरा गरेर मात्र बैशाख पुर्णिमाको दिन  लामा बोलाएर फुइ ठाम्सि पितृ  बुझाउने काम गरेको थियो रे | जुन तेमाल तिर अहिले पनि प्रचलनमा छ |  यसो यसलाई आधार मन्ने हो भने म्हेनिङ र खेप्पा स्हुङ कसरि एउटै हुन पुग्यो त भन्ने सवल यसबाट नि उठ्दैन र ?

सातौं सवल : माथि उल्लेखित बिषय बस्तुहरु हेर्दा दशै अर्थात नवरात्री हिन्दुहरुकै चाड हो र इतिहासमा राज्यले एक धर्म, एक भाषा  एक संस्कृतिलाई मान्यता दिदै देश भित्रका अन्य जातिहरुलाई समेत जबर्जस्त राज्यले मनाउन उत्साहित बनाउदै उक्त चाड मान्न बाध्य गराएर मनाउन लगाएको चाड थियो दशैं  |  मान्दै जांदा  पुस्तारण हुने क्रममा हरेक जातिको नशा नशामा यो चाडको छाप पर्दै गयो | तामाङहरुले पनि यो चाड म्हेनिङ महिनाको कृष्ण प्रतिवदाको दिन देखि  शुरु भएको दशै अर्थात  नवरात्री *म्हेनिङ*को नाममा मान्न थालियो | मान्दै गर्दा यहि पर्वको साइतहरुलाई साइत मान्दै एक थरि तामाङहरुले माथि उल्लेखित छ्योरे पुजा र खेप्पा स्हुङ पनि गर्दै आयो भने अर्को थरि तामाङहरुले दशै अर्थात म्हेनिङमा न छ्योरे पुजा गर्छ , न त खेप्पा स्हुङ पुजा गर्छ |  यि दुइ छ्योरे पुजा र खेप्पा स्हुङ पुजा दशैंमा नगर्ने तामाङहरुले बिगतमा राज्यलाई दशै मानेको छ है भनेर देखाउनका लागि मात्र थारो भैंसि अष्ठामिको दिन काटेर दशमिको दिन ठुलाले सानाहरुलाई टिका लाउदै टार्दै आएको देखिन्छ र आहिले पनि त्यहि निरन्तरता गरि रहेको पाउछ |

आठौ सवल : म्हेनिङ संग खेप्प स्हुङ अन्तर सम्बन्धको कुरा गर्ने बिद्दान मित्रहरुले खेप्पा स्हुङ भनेको गुरुचनचन दोउ हो, जो देव पुत्रि देवि र मनुष्य बिचको सम्बन्धबाट जन्मिएको आधा देवता र आधा मानब हो र गुरु चनचन देउले मान्छेलाई अंश माग्न आउदा ताफोले म्हेन्दो र बर्षको एउटा भाले अंशको रुपमा मान्छेले दिने भन्ने सर्त अनुशार गुरु चनचन दोउलाई खेप्पास्हुङ पुजा गर्दै गुरु चनचनको प्रतिमाको रुपमा बनाएको तोर्मोलाई भालेको बलि दिदैं तोर्मो माथि भालेको रगत चडाउछ भन्नु हुन्छ | फेरि वहाहरु आफै भन्नु हुन्छ कि खेप्पा स्हुङ भनेको छोइकु, ल्हुङकु टुल्कु हो | छ्योइकु लुङ्कु टुल्कु हो भने ति नामका देवताहरुलाई भाले बलि चडाउन मिल्छ ? फेरि वहाहरु नै भन्नु हुन्छ- खेप्पास्हुङ भनेको हाम्रो बितेका पुर्खाहरुको लागि पितृ क्योङसि गरेको पुजा | के हाम्रो पुर्खहरुलाई पितृ प्राणिको हत्य गरि क्योङसि गर्न मिल्छ ? यसले म्हेनिङ हाम्रो हो भन्ने तर्क राख्नेहरु आफै आफ्नो तर्क प्रति बिश्वास्त रहेनछ भन्ने बुझिदैन र ?

नवौ सवल :

तामाङहरुको चाडहरु

ल्होछार (ल्हो= बर्ष, छार= नयाँ) बर्षमा एउटा ह्लोछारको आरम्भ हुने गर्छ। जुन तामाङ जातिको नया बर्षको सुरूवात पनि हो। ह्लोछार 2 सब्दको अर्थ मिलेर बनेको हुन्छ। ह्लो = बर्ग , छार = नयाँ । जुन शब्दले प्रत्यक बर्षमा नया वर्ग(ह्लोछार)को आरम्भ भयो भन्ने बुझाउछ।

सिंगुन खास्योर ङ्या (तेमाल जात्रा)

गोने ङ्या

दुगु ङ्या (बुद्ध जयन्ति)

सोकराती ङ्या

बोइतापा ङ्या अदि | बलै मनाउने बिधिमा फरक फरक बिचार उत्पन्न भए पनि यि उल्लेखित चाडहरु तामाङको हो भन्नेमा सबै तामाङहरु एक मत देखिन्छ भने म्हेनिङको सवलमा किन बिभाजित भयो त तामाङहरु ? यसको मतलब म्हेनिङ तामाङ चाड होइन भन्न सकिदैन र ?

यो रह्यो दशैं र म्हेनिङ भन्नु एउटै हो र यो हिन्दुधर्म संस्कृति चाड हो भन्ने पक्षका तामाङहरुको सवल |

 पछिल्लो समयमामा दशै र म्हेनिङ बारेमा तामाङ समुदायहरु माझ बहसमा आएका यि दुइ पक्षका माथिका यि सवलहरुले तामाङ समुदाय दुइ धारमा बिभाजित भएको देखिन्छ | यि बिबादबाट तामाङहरु छिटो भन्दा छिटो सहि तथ्य र सत्यको आधारमा एउटा निष्कर्षमा पुगोस भन्ने कामना गर्दछु | साथै दशैं मान्ने सम्पुर्णमा दशैंको शूभ कामना ब्याक्त गर्दछु |

कुबेर दोङ : उप महासचिव ( तामाङ राष्ट्रिय मुक्तिमोर्चा नेपाल)