
महाभारत,काभ्रे । तामाङ राष्ट्रिय मुक्तिमोर्चा नेपाल महाभारत गाउँपालिकाको प्रथम सम्मेलन सम्पन्न भएको छ । गाउँपालिकाको देविटारमा शनिबार सम्पन्न सम्मेलेनले अध्यक्षमा ज्ञान बहादुर मोक्तान निर्विरोध रुपमा चयन गरेको छ । मोक्तानको नेतृत्वमा ७ जना पदाधिकारी र १६ सदस्यीय गाउँपालिका समिति गठन गरेका छन् ।
समितिको उपाध्यक्षमा योजिना मोक्तान, शिरेस योन्जन निर्विरोध रुपमा चयन भएका छन् ।त्यस्तै सचिवमा प्रेम थिङ, सह सचिवमा पुतली माया जिम्बा र कोषाध्यक्षमा कर्ण बहादुर थिङ निर्विरोध रुपमा चयन भएका छन् ।
मोर्चाको गाउँपालिका सदस्यहरुमा ङेमा मोक्तान, मनिसा माया लामा, लोकेन्द्र मोक्तान, धन बहादुर थिङ, ज्ञान बहादुर थिङ, जीत बहादुर पाख्रिन,सन्त बहादुर मोक्तान, सोनाम सिं लामा, आइते सिं लामा, लिला बहादुर जिम्बा, बाबुलाल बल, सुर्यध्वज जिम्बा, पेमदोर्जे लामा, भिम बहादुर जिम्बा गन बहादुर जिम्बा, सुन माया योन्जन निर्विरोध रुपमा चयन भएका छन् ।
प्रमुख अतिथि पुर्व मुख्यमन्त्रि शालिकराम जम्कटेल, विषेश अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य डिपि ढकाल, बागमती प्रदेश सदस्य सुजन लामा, बागमती प्रदेश सदस्य तथा निर्वाचित महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा, धादिङको बेनिघाट गाउँपालिका अध्यक्ष विवेक थपलिया, विषेश बागमती प्रदेश अध्यक्ष विजय मोक्तान, नेपाल तामाङ राष्ट्रिय मुक्तिमोर्चा नेपालका केन्द्रिय सदस्य अमृत लामा, गंगा सिंतान, वाइसीयल, विद्यार्थी, विभिन्न जनवर्गिय संगठन तथा मोर्चाहरुको नेता तथा कार्यकर्ताको उपस्थितिमा योङ कम्युनिष्ट लिग, नेपाल (थ्ऋी)को दोस्रो सम्मेलन, नेपाल तामाङ राष्ट्रिय मुक्तिमोर्चा नेपालको प्रथम र मगर राष्ट्रिय मुक्तिमोर्चा नेपालको प्रथम सम्मेलन भव्य रुपमा सम्पन्न भएको हो ।


