
काठमाडौं, जातिय जनसंख्यको आधरमा पुर्ण समानुपातिक सहभागिता र प्रत्यक्ष निर्बाचित कार्यकारी राष्ट्रपतिको एजेन्टाको मुल मुद्दालाई स्थापित गर्नको लागि संविधान संशोधन गर्न दबाब सृजना गर्ने निर्णयका साथ सम्पन्न भएको तामाङ राष्ट्रिय मुक्तिमोर्चा नेपालको पदाधिकारिको बैठकमा अरु के के निर्णय गर्यो त ?
- देश भरका तामाङहरु जो जो काठमाडौं उपत्यकामा आएर ब्यापार – ब्यबसाय गरेर बस्नु भएको छ , वहाहरुलाई समेट्ने गरि मोर्चाको काठमाडौं सम्पर्क समितिहरु निर्माण गर्ने |
- यहि आउदो मांसिर ५ गते मोर्चाको २७औ स्थापना दिवस काठमाडौंमा बब्य रुपमा मनाउने | र गण्डकि, मदेश प्रदेश र १ नम्बर प्रदेसले चाहि आफ्नो सपेक्षतामा स्थापना दिवस मनाउने निर्णय गरेको छ |
- मांसिर ३ र ४ गते मोर्चाको केन्द्रिय समितिको पुर्ण बैठक तथा प्रशिक्षण कार्यक्रम राख्ने निर्णय भएको छ |
- केन्द्रिय सदस्य तथा कानुन बिभाग संयोजक राममाया तामाङलाई सचिबमा नियुक्ति गर्ने निर्णय गरेको छ | माथिका निर्णय हरुका साथ सम्पन्न भएको आजको बैठकमा मोर्चाको केन्द्रिय अध्यक्ष क डिल्लिमान दोङको अध्यक्षतामा र मोर्चाको इन्चार्ज तथा पार्टिको केन्द्रिय सदस्य क हित बहादुर तामाङको प्रमुख अतिथ्य र मोर्चाको सल्लाहकार तथा पार्टिको केन्द्रिय सदस्य क सूर्यमान दोङ (लालध्वज)को बिशेष अतिथ्यमा बैठक सञ्चालन भएको थियो | मोर्चाको केन्द्रिय महासचिब क लिला कुमार घलानले सञ्चालन गर्नु भएको आजको बैठकमा उपस्थिति पदाधिकारीहरुले आफ्नो कार्यक्षेत्र भित्र भैरहेको मोर्चाको संगठनिक कामहरुको समिक्षात्मक रिपोर्टिङ राख्नु भएको थियो | आजको बैठकको प्रमुख अतिथि र बिशेस अतिथिबाट उपस्थिति कमरेडहरुको रिपोर्टिङ र जिज्ञसााई समेट्ने हिसाबले प्रशिक्षण मुलक भनाइहरु राख्दै अब मोर्चा बिलकुलै आफ्नै खुट्टमा उभिने गरि अगाडि बढ्न निर्देशन समेत दिनु भएको छ | अन्तमा मोर्चाको अध्यक्ष जिले आर्थिक उपार्जनको योजनाहरुलाई ब्रिफिङ गर्दै अब मोर्चा सशक्त ढंगबाट तामाङहरुको माझमा पहिचानको मुद्दलाई बिउझाउदै सम्पुर्ण तामाङहरुलाई एकताबद्द गराउन लागि पर्ने प्रतिबध्दता जाहेर गर्दै बैठकलाई समापन गर्नु भयो | आजको यस बैठकमा क हितबहादुर तामाङले लेख्नु भएको किताब राज्यको रुपान्तरण उपहारको रुपमा प्रमुख अतिथिबाट सम्पुर्ण उपस्थित मोर्चाको पदाधिकारीहरुलाई प्रदान गर्नु भयो | उपहारको लागि क हितबहादुर तामाङलाई मोर्चाको पदाधिकारि टिमको तर्फबाट धन्यवाद ब्याक्त गर्दछौं |



