मान्छेले आफ्नो सृजनात्मक कलालाई कतिन्जेल छोपेर अनि थिचेर राख्न सक्छ र ? जति थिच्न खोजे पनि एक दिन कुनै न कुनै मध्यामबाट त्यो कला प्रष्फुटन हुने गर्छ | यस्तै काभ्रे तेमाल गाउपालिका वडा नं ०८ भोर्ज्याङमा जन्म लिएर समाजसेवामा लागि परेका सत्य लामा दोङ पछिल्लो समय आफ्नो सुन्दर रचनाहरुको साथमा गित संगित क्षेत्रमा पाइला बढाएको देखिन्छ | यसै क्रममा हालसलै सत्यले आफ्नो रचना ‘आस्याङको छोरो‘ सेलो भाकाको गित birendra dong youtube channel मार्फत सार्वजनिक गर्नु भएको छ | उक्त गितको संगितकार बिरेन्द्र दोङको रहेको छ भने स्वर मिठो स्वरकि धनी जितु लोप्चान र बिरेन्द्र दोङको रहेको छ | साह्रै मिठो गित सृजना गरेकोमा सत्य दोङ लगायत यस गित संग जोडिएको सम्पुर्ण सर्जकहरुलई हाम्रो तर्फबाट बधाई तथा कला क्षेत्रमा निरन्तरताको लागि हार्दिक शूभ कामना छ |