आज बौद्द पिपलबोट स्थित सेकुवा जक्सनमा सार्बजनिक भएको छेसाङको मन सार्बजनिक कार्यक्रमको प्रमुख अतिथिको रुपमा संबिधान सभा सदस्य तथा तामाङ राष्ट्रिय मुक्तिमोर्चा नेपालको अध्यक्ष डिल्लिमान दोङ हुनु हुन्थ्यो भने बिशेस अतिथिको रुपमा तमाङ चलचित्र क्षेत्रको महा नायक अमिर दोङ, चर्चित गायक तथा संगितकार बिश्व दोङ, तामाङ चलचित्र क्षेत्रको नायिका दुइ चांदनी मोक्तान र रञ्जिता ब्लोन हुनु हुन्थ्यो | आजको कार्यक्रमको अतिथिको रुपमा तामाङ राष्ट्रिय मुक्तिमोर्चाको केन्द्रिय सचिब तथा मिडिय कर्मी रक्षे बहादुर तामाङ र तामाङ मोर्चाको केन्द्रिय सदस्य तथा सांस्कृतिक घेदुङको केन्द्रिय सदस्य गंगा सिंतान तामाङ पनि सहभागि हुनु भएको थियो | तामाङ मिडिय क्षेत्रका पत्रकारहरुको माझ सर्बजानिक गरिएको यो गित सर्बजानिक कार्यक्रमको सञ्चालन सञ्चार कर्मी तथा तामाङ राष्ट्रिय मुक्तिमोर्चाको केन्द्रिय सदस्य सुदिन दोङले गर्नु भएको थियो भने संगितकार कुबेर दोङको अध्यक्षतामा कार्यक्रम सञ्चालन भएको थियो | शब्द/संगित कुबेर दोङको रहेको यो गितमा एरेञ्ज बिश्व दोङले गर्नु भएको थियो भने यो गितको प्रडक्सन तारामुमो अध्यायन अनुसन्धान बिभाग रहेको छ | साथै यो गितको रेकार्डिङ स्टुडियो दोङ स्टुडियो हो भने स्टुडियो भिडियो निर्माण नि प्रोडक्सन हाउसको तर्फबाट त्रिलोक लामाले गर्नु भएको थियो |
Bishwo Dong यु ट्युव च्यानलबाट सार्बजनिक गरेको यो गितलाई सुनेर लाइक, कमेन्ट र शेयर गरि दिनुहुन सबैलाई अनुरोध गर्दै छेसाङ तामाङ नानुको संगितिक यात्राको धेरैधेरै शूभ कामना ब्यक्त गर्दछौ |
Bishwo Dong यु ट्युव च्यानलबाट सार्बजनिक गरेको यो गितलाई सुनेर लाइक, कमेन्ट र शेयर गरि दिनुहुन सबैलाई अनुरोध गर्दै छेसाङ तामाङ नानुको संगितिक यात्राको धेरैधेरै शूभ कामना ब्यक्त गर्दछौ |









