समाचार

जहाँ तामाङ, त्यहाँ मुक्ति मोर्चा

पहिचान सहितको संघियता, जातिय जनसंख्यको आधरमा पुर्ण समानुपातिक सहभागिता, अल्प संख्याकको लागि बिशेस आरक्षण र प्रत्यक्ष निर्बाचित कार्यकारी राष्ट्रपतिको मुद्दालाई फेरि अगाडि सार्दै देश ब्यापी अभियन चलाइ रहेको तामाङ राष्ट्रिय मुक्तिमोर्चा नेपालले आज असोज १० गते मोर्चाको काभ्रे जिल्ला अन्तर्गतका केन्द्रिय सदस्यहरु र प्रदेश कमिटि सदस्यहरुको संयुक्त बैठक मोर्चाको वागमती प्रदेश संयोजक कर्म लोप्साङ तामाङको अध्यक्षतामा बसियो |

आजको बैठकको प्रमुख अतिथि मोर्चाको केन्द्रिय सल्लाहकार समिति सदस्य तथा प्रतिनिधि सभा सदस्य सूर्य मान दोङ लाल्ध्वजले बैठकमा उपस्थित कमरेडहरुलाई प्रशिक्षण मुलक भनाइ राख्दै राज्यबाट बिभेदमा राखिएको तामाङ समुदायको पहिचानको मुद्दा लगायत समुदाय भित्रको हरेक समस्याहरुलाई हल गर्ने हिसाबले मोर्चा घर घर सम्म पुग्न निर्देशन दिनु भयो |

आजको बैठकमा बिशेस अतिथिको रुपमा मोर्चाको केन्द्रिय उपाध्यक्ष अबिरल जिम्ब उपस्थित हुनु भएको थियो भने अतिथिको रुपमा मोर्चाको केन्द्रिय उपामहासचिब कुबेर दोङ र केन्द्रिय सचिब राममाया तामाङ उपस्थित हुनु हुनुहुन्थ्यो |

आजको बैठकमा उपस्थित जाउनुभएकोमा मोर्चाको केन्द्रिय सदस्य तथा रोजगार बिभाग संयोजक बिजय वाइबा, मोर्चाको केन्द्रिय सदस्य तथा काभ्रे जिल्ल संयोजक सन्त बहादुर तामाङ, मोर्चाको केन्द्रिय सदस्य साइला तामाङ, केन्द्रिय सदस्य गंगा माया सिङ्तान, केन्द्रिय सदस्य बिर बहादुर घिसिङ, केन्द्रिय सदस्य चिनि माया तामाङ, प्रदेश सदस्यहरु : ललिता घिसिङ, पु्र्ण दोङ, सुर्य बहादुर तामाङ, सन्त बहादुर तामाङ, प्रताब सिं तामाङ , सुवास वाइबा, बस्ति राम लामा, लाल सिं लामा, धर्मराज लामा, हिर बहादुर तामाङ, चन्द्र बहादुर तामाङ लगायतका कमरेडहरु उपस्थित जनाएको थियो |

आजको बैठकबाट मोर्चाको केन्द्रिय सदस्य साइला तामाङको संयोजकत्वमा पालिका इन्चार्जहरु, मोर्चाको काभ्रे काठमाडौं सम्पर्क अन्तर्गतका केन्द्रिय सदस्यहरु, मोर्चाको काभ्रे अन्तर्गतका सम्पुर्ण प्रदेश सदस्यहरु सदस्य रहने गरि मोर्चाको काभ्रे- काठमाडौं सम्पर्क समितिको सम्मेलन आयोजक समिति गठन गरियो |