पहिचान सहितको संघियता तथा जातिय जनसंख्याको आधारमा पुर्ण समानुपातिक सहभागिताको मूल एजेन्ड सहित देश भर आफ्नो संगठन बिस्तार र प्रचार प्रसार अगाडि बढाइ रहेको तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालले आफ्नो संगठन बिस्तारको क्रममा भदौ २९ गते शानिबार काभ्रेको खानी खोला गाउपालिकामा आफ्नो मोर्चाको प्रथम पालिका सम्मेलन सानदार ढंगले सम्पन्न गरेको छ ।

खानीखोलाको उक्त सम्मेलनमा तामाङ राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रिय सल्लाहकार सुर्यमान दोङ प्रमुख अतिथिको रुपमा उपस्थिति जनाउनु भएको थियो भने बिशेष अतिथिको रुपमा मोर्चाको केन्द्रिय सदस्य इन्द्र बहादुर थिङ र मोर्चाको केन्द्रिय अध्यक्ष दिल्लिमान दोङ सहभागि हुनु भएको थियो । अन्य अतिथिहरुमा मोर्चाको केन्द्रिय उपाध्यक्ष अबिरल जिम्बा, मोर्चाको केन्द्रिय उप- महासचिब कुबेर दोङ, मोर्चाको केन्द्रिय सदस्य मानध्वज तामाङ, मोर्चाको पुर्व केन्द्रिय सदस्य मिना पाख्रिन, मोर्चाको प्रदेश सदस्य प्रेम घ्लान, मोर्चाको जिल्ल उपाध्यक्ष सुनिता तामाङ पत्रकार बुद्द लोप्चान, नेपाल तामाङ घेदुङको जिल्ला सचिब बिरेन ब्लोन, माओवादि केन्द्रको जिल्ला सदस्य राजन अधिकारि लगायतको सहभागिता हुनुहुन्थ्यो ।

गायक चेतन लामा र सुनिल लामाको साथै स्थानिय कलाकारहरुको सुन्दर प्रस्तुतिका साथ शुरु गरिएको सम्मेलनमा खानी खोला भित्रका बिभिन्न पार्टि परित्याग गरि नेकपा माओवादी केन्द्रमा निम्न ब्यक्तित्वहरु प्रवेश गर्नु भएको थियो |
नव प्रबेशीहरुको नामवली
१) धन बहादुर गोले
२)उर्मिला मोक्तान वाइबा
३)कान्छी मायाँ जिम्बा
४)छली मायाँ स्याङ्तान
५)सुरज स्याङतान
खानीखोला ,४ काभ्रे वडा नं १ बाट
१)आशाकाजी गोले
२)रहर सिं ब्लोन।
नव प्रबेशिहरुलाई कार्यक्रमको प्रमुख अतिथि, बिशेष अतिथि र अतिथिहरुले अबिर र खादा द्वारा स्वागत गरिएको थियो, भने प्रबेशको शिलशिलामा कार्यक्रमको प्रमुख अतिथि सुर्यमान दोङले नेपालमा राज्यको हहबाट र समाजिक तहबाट सयौं बर्ष देखि उत्पिडनमा राखिएको जाति, बर्ग र लिंगको अधिकारको लागि लड्ने एउटै मात्र पार्टि माओवादि पार्टि भएकोले सबै उत्पिडित समुदायहरु माओवादी पार्टिमा सहभागि जनाउदै हुल बांधेर अगि बढ्न स्थानिय जनतालाई आव्हन गर्नु भएको थियो ।
उक्त सम्मेलनबाट जिबन घिसिङको अध्यक्षतामा २२ जनाको पालिका कार्य समिति गठन गरिएको छ ।
कार्य समितिहरुको नामावली
१ जिबन घिसिङ – अध्यक्ष
२ लालमानघिसिङ -उपाध्यक्ष
३ छरि माया मोक्तन – उपाध्यक्ष
४ निर्मल मोक्तन – सचिब
५ बिजय गोले – सह सचिब
६ देवराज वाइबा- कोषाध्यक्ष
७ सुमित जिम्ब -सदस्य
८ राम माया मोक्तन
९ तारा बहादुर स्याङतान
१० मान बहादुर लोप्चान
११ रबिन घलान
१२ मसाली माया गोले
१३ सरिता लो स्याङ्तान
१४ पुर्ण बहादुर तितुङ
१५ दिल बहादुर मोक्तन
१६ जित बहादुर ब्लोन
१७ मोहन जिम्ब
१८ दिनेस रुम्बा
१९ अबि थिङ
२० अन्जना वाइबा
२१ भिम माया वाइबा
२२ ज्ञान बहादुरब्लोन
कार्यक्रमको अन्तमा मोर्चाको केन्द्रिय उप महासचिब कुबेर दोङबाट निर्बाचित कार्य समितिहरुलाई सपथ ग्रहन गर्नु भएको थियो । हाम्रो तर्फबाट पनि निर्बाचित कार्य समितिहरुलाई बधाइ तथा कार्यकाल सफलताको शूभ कामना ।
भिडियो ।

