समाचार

डम्फुको संरक्षण गर्न सके मात्र दोखाङ पुग्न सकिन्छ ।

आज भएको ता.रा.मु.मो. नेपाल अध्यायन अनुसन्धान तथा प्रकाशन विभागको अन्तरक्रियात्मक बैठकमा बैठकको प्रमुख वक्ता तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालको केन्द्रिय अध्यक्ष क.दिल्लिमान दोङले तामाङहरुले आफ्नो संस्कृतिक पहिचानको मेरुदण्ड *डम्फु’ रक्षा गरन सक्यो भने मात्र हामी हाम्रो दोखाङ पुग्न सक्छ बताउनु भएको छ। दोङ भन्नु हुन्छ : डम्फु बजाउने एउटा बाजा मात्र होइन, यो हाम्रो इतिहास हो, हाम्रो संस्कार-संस्कृतिको बयान हो । इतिहासमा राज्य तहबाट मासिन्य जातमा राखेर दमन गर्दा समेत हाम्रा ताम्बा,डम्फुरे हरुले डम्फु बजाएर गितको मध्यामबाट हाम्रा संस्कार- संस्कृति पुष्तान्तरण गर्दै हाम्रो पहिचानलाई बचाउदै ल्याउनु भयो। त्यसैले डम्फु बचाउनु भनेको हाम्रो पहिचान बचाउनु हो ।
बैठकमा अन्य वक्ताहरुले के के भन्नु भयो त ?
पश्चिमि तामाङ र पुर्बिय तामाङमा डम्फु र टुङ्ना तामाङको कुन हो भन्नेमा बिबाद : सुदिन दोङ।
तामाङ संस्कार र संस्कृति अध्यायन र संरक्षण गर्न तमाङ प्रज्ञ प्रतिष्ठान गठन हुनु पर्दछ : राम बहादुर तामाङ (लार्ग्युङ)
हामीले एक भेगिय तामाङको संस्कार र संस्कृतिलाई प्रकशान गर्दै गर्दा अर्को भेगको तामाङहरुलाई मर्का पर्न सक्छ : बल बहादुर घिसिङ ।
तामाङहरुलाई संस्कार संस्कृति बचाउको बिषयमा मात्र केन्द्रित नगरेर बढिसे बढि राजनितिको रुपमा अगाडि बढाउनु पर्छ । सबै कुरोको छिनोफानो सत्ताबाट मात्र हुने हुदा तामाङहरुलाई हामीले राजनितिमा नडोर्याइ हामीले हाम्रो पहिचानको रक्षा गर्न सकिदैन : अबिरल जिम्ब (ता.रा.मु.मो. केन्द्रिय उपाध्यक्ष )

हामीले हाम्रा ऐतिहासिक बिषयहरुलाई संरक्षण र प्रचार प्रसार गर्न उक्त बिषयहरुमा हामीले नै कलम चलाउन आबश्यक छ : बिर बहादुर घिसिङ । हाम्रो संस्कार र संस्कृतिको रक्षा गर्न म तामाङ चलचित्र क्षेत्रबाट निरन्तर खटि रहने छु : बिनायक दोङ ( फ्लिम निर्देशक) ।
तामाङको संस्कार र संस्कृति भित्र लामा र बोन्बोले पछिल्लो चरणमा आक्रमण गर्दै गर्दा ताम्बा लोपोन्मुख हुदै गयो : प्रबल कुमार बल । अहिले काठ एरिया तिर बाहुन समुदाय छ्यास मिस गरेर बस्दा पनि काठ एरियाको तामाङहरुले आफ्नो जन्म देखि मरण सम्मको सम्पुर्ण संस्कारिक कार्यहरु लामाबाट गरिएको छ : जित बहादुर वइवा तामाङ ।
तामाङहरु वागमती प्रदेश लगायत देशको लगभग ६५ वटा जिल्ला साथ साथै अन्तराष्ट्रिय क्षेत्रमा समेत बसोबास गरिरहेको छ । जसको कारण बिभिन्न क्षेत्रमारहेका तामाङहरुले मौलिक रुपमा तामाङ संस्कार र संस्कृतिलाई आफ्नै हिसाबले मान्दै र मनाउदै आइरहेको छ । यदि जुन सुकै ठाउको तामाङहरुले अरुजातिको संस्कारलाई फलो नगरि आफ्नै हिसाबले मौलिक रुपमा आफ्नो संस्कृतिलाई मनाइ रहेको छ भने ति सबै संस्कृति हाम्रो सम्पति हो र त्यसको रक्षा हामीले गर्नु पर्छ : कुबेर दोङ ।
सबै वक्ताहरुले बस्तुवादी ढंगवाट बिषय बस्तुलाई प्रष्ट्याउदै तामाङ भाषा संस्कृति रक्षाको लागि ह्याङला दोखाङले स सक्त भुमिका खेल्नु पर्ने निचोड निकाल्दै बैठक समापन गरियो ।