
नेपालका तामाङ समुदायका हक, अधिकार, र पहिचानका लागि संघर्ष गर्ने एउटा प्रमुख राजनीतिक संगठनको रुपमा अगाडि बढिरहेको संगठन तामाङ राष्ट्रिय मुक्तिमोर्चा नेपालले आज आफ्नो स्थापना दिवस मनाएको छ |
तामाङ राष्ट्रिय मुक्तिमोर्चा नेपाल (Tamang National Liberation Front Nepal) नेपालका तामाङ समुदायका हक, अधिकार, र पहिचानका लागि संघर्ष गर्ने एउटा प्रमुख राजनीतिक संगठन हो। यसको स्थापना तामाङ समुदायको आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक अधिकारको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले २०५५ साल मङ्सिर ५ गतेका दिन काठमाडौंको महाबौदा स्थित प्रतीक पुस्तकालयको माथिल्लो हलमा गरिएको बृहत् भेलाबाट कुमार योञ्जनको संयोजकत्वमा १३ जना केन्द्रीय तदर्थ समिति रहेको तामाङ राष्ट्रिय मुक्तिमोर्चा नेपाल गठन गरिएको थियो |

आज २०८१ मंसिर ५ गते आफ्नो स्थापना दिवस तामाङ राष्ट्रिय मुक्तिमोर्चाले मोर्चाको संस्थापक केन्द्रिय सदस्यहरुलाई सम्मान गर्दै मनायो | मोर्चाको केन्द्रिय अध्यक्ष डिल्लिमान तामाङको अध्यक्षतामा सञ्चालन भएको आजको स्थापना दिवस कार्यक्रमको प्रमुख अतिथि नेकपा माओवादी केन्द्रको केन्द्रिय अध्यक्ष तथा पुर्वप्रधानमन्त्रि पुष्पकमल दाहाल क प्रचण्डको लिखित शूभ कामना संदेशको वाचन संगै अगाडि बढेको कार्यक्रममा कार्यक्रमको बिशेष अतिथि पार्टिको उपध्यक्ष तथा वागमति प्रदेश इञ्चार्ज अग्नि प्रसाद सापकोटा द्वारा संस्थापक केन्द्रिय सदस्यहरुलाई सम्मान पत्र प्रदान गर्नु भएको थियो |

आजको कार्यक्रममा कार्यक्रमको वाक्तहरु बिशेष अतिथि लगायत पार्टिको केन्द्रिय महासचिव देव गरुङ, मोर्चाको फ्यक्सन इञ्चार्ज ओन्सारी घर्तिमगर, मोर्चाको प्रमुख सल्लाहकार पर्शुराम तामाङ, मोर्चाको इञ्चार्ज हित बहादुर तामाङ, मोर्चाको संस्थापक अध्यक्ष कुमार योञ्जन, मोर्चाको अध्यक्ष डिल्लिमान तामाङ लगायतले मोर्चाको इतिहासको साथै समाजवादी क्रान्तिमा मोर्चाले खेल्नु पर्ने र खेल्न सक्ने भुमिकाको सन्दर्भमा बहसमुलक बिषयबस्तुहरु माथि चर्चा गर्नु भएको थियो | मोर्चाको केन्द्रिय सल्लाहकारहरु र केन्द्रिय सदस्यहरुको सहभागितामा मोर्चाको कलाकारहरुले डाम्फु र टुङ्नाको साथमा पहिचानको गितले स्वागत गर्दै अगाडि बढेको आजको कार्यक्रमको सञ्चालन मोर्चाको महासचिब लिला घ्लान तामाङले गर्नु भएको थियो |




