
नेपालका तामाङ समुदायका हक, अधिकार, र पहिचानका लागि संघर्ष गर्ने एउटा प्रमुख राजनीतिक संगठनको रुपमा अगाडि बढिरहेको संगठन तामाङ राष्ट्रिय मुक्तिमोर्चा नेपालको हिजो २०८१ मंसिर ०६ गते दोस्रो पुर्ण बैठक सम्पन्न भएको छ |
मोर्चाको केन्द्रिय अध्यक्ष डिल्लिमान तामाङको अध्यक्षतामा सञ्चलन भएको उक्त बैठकको प्रमुख अतिथिमा मोर्चाको प्रमुख सल्लाहकार पर्शुराम तामाङ हुनु हुन्थ्यो | यस्तै गरि अतिथिहरुमा मोर्चाको इञ्चार्ज हित बहादुर तामाङ, मोर्चाको पुर्व अध्यक्ष सुर्यमान दोङ लालध्वज लगायत मोर्चाको सल्लाहकार सदस्यहरु हुनु हुन्थ्यो भने बैठक मोर्चाको उपमहासचिव दिर्ग सिं मोक्तानले सञ्चालन गर्नु भएको थियो | नेपालको ब्यबस्था परिवर्तनको आन्दोलनहरुमा आफ्नो ज्यानको आहुति दिने महान सहिदहरुको सम्मानमा एक मिनेट मौनधारण गर्दै शुरु भएको बैठकमा वागमति प्रदेश भित्रका जिल्ल स्तरिय र बांकि प्रदेशको प्रदेश स्तरिय संगठनिक गतिबिधिहरुको रिपोर्टिङ सम्बन्धित कार्य क्षेत्रमा खटिएका केन्द्रिय सदस्यहरुबाट गरिएको थियो भने उक्त रिपोर्टिङमाथि छलफल गर्ने क्रममा मोर्चाको अध्यक्ष डिल्लिमान तामाङले हामीले जातको कुरा गरेको होइन | हामीले भाषिक उत्पिडनको कुरो गरेको हो, संस्कृतिक उत्पिडनको कुरो गरेको, संस्कारिक अतिक्रमणको कुरो गरेको हो |
समग्रमा भन्नु पर्दा पहिचानको उत्पिडनको कुरो गरेको हो, पहिचानको उ्त्पिडन थांति राखेर बर्गिय मुक्ति सम्भाव छैन भनेको हो भनेर मोर्चाले उठाएको मुद्दलाई बैठकमा ब्रिफिङ गर्नु भएको थियो | आजको बैठकमा प्रमुख अतिथि लगायत अतिथिहरु हित बहादुर तामाङ र सुर्यमान दोङले बैठकमा मोर्चाको भावि कार्य निति र रणनितिको सावलमा प्रशिक्षण मुलक भनाइहरु राख्नु भएको थियो | आजको बैठकबाट मोर्चाले बिभिन्न बिषयहरुमाथि छलफल र निर्णय गर्नुको साथै मोर्चाको केन्द्रिय सल्लाहकार समिति र बिषयगत विज्ञ तथा मानर्थ समितिलाई समेत पुर्णता दिएको छ |

मुक्ति मोर्चाको सल्लाहकारहरुमा
१) परशुराम तामाङ, २) हितबहादुर तामाङ, ३) सूर्यमान दोङ, ४) शंकर लामा, ५) कुमार योञ्जन तामाङ, ६) गंगाबहादुर तामाङ, ७) धावा लामा, ८) महेन्द्रजंग तामाङ, 9) इन्द्रबहादुर थिङ (छिन्ताङ), 1०) पानीराज बम्जन, ११) रामकृष्ण लामा, १२) मानबहादुर दोङ, १३) टुल्कु लामा, १४) लालकान्छा तामाङ, १५) ठुलोकान्छा तामाङ, १६ ) बहादरसिंह तामाङ (ज्वाला) १७) सम्झना पाख्रिन, १८) संजिब लोप्चन १८) बुद्धीमान तामाङ (काभ्रे), २०) सोमबहादुर घले तामाङ (नुवाकोट), २१) बुद्धीलाल तामाङ (धादिङ), २) कुमारी मोक्तान (मकवानपुर), २३) मिना लामा (काभ्रे), २४) राधिका तामाङ (नुवाकोट), २५) ललित घलान (मकवानपुर), २६) तेजबहादुर तामाङ (नुवाकोट), २७) जगत बहादुर तामाङ (नुवाकोट) २८) रामसिं तामाङ (धादिङ), २९) टासी लामा (काभ्रे) हुनुहुन्छ |

बिषयगत विज्ञ/मानार्थ समितिमा
- उर्मिला लामा बागमति प्रदेश सभा सदस्या, मानार्थ सदस्य ललितपुर
- ओम बहादुर तामाङ घ्लान -सुरक्षा विज्ञ मकवानपुर
- सम्झना पाख्रिन- १ नं प्रदेश सभासदस्य – मानार्थ सदस्य (उदयपुर)
- कार्साङ लामा – मानार्थ सदस्य (सिन्धुलि जिल्ला समन्वय समिति प्रमुख सिन्धुलि)
- कमान सिंह मोक्तान – सुरक्षा विज्ञ (रामेछाप)
- मैन कुमार मोक्तान तामाङ – मानार्थ सदस्य (गांउपालिका अध्यक्ष दोरम्ब, रामेछाप)
- सर्केश घ्लान तामाङ- सुरक्षा विज्ञ (मकवानपुर)
- कान्छलाल जिम्ब- मानार्थ सदस्य (महाभरत गाउपालिका अध्यक्ष, काभ्रे)
- यवराज लामा- खेलकुद तथा चलचित्र विज्ञ ( बारा जिल्ला)
- तिलक बहादुर तामाङ लोप्चन- पर्यटन विज्ञ (काभ्रे)
- गणेश घिसिङ- निर्माण ब्यबसायि विज्ञ (रामेछाप)
- देव घिसिङ- व्यबसाय बिज्ञ (रामेछाप)
- पेमा लामा- कानून विज्ञ (रामेछाप)
- शम्भु बहादुर गोले तामाङ- कानून विज्ञ (सिन्धुली)
- बिरबल तामाङ- शिक्षा विज्ञ ( सिक्षाशास्त्र र मानबिकिमा स्नातकोत्तर (MA,MD) नुवाकोट
- ङेमा दोर्जे लामा- इन्जिनियर (काभ्रे)
- राजेन्द्र लामा- भाषा विज्ञ (मदेश प्रदेश)
- दुर्जमान तामाङ- सामाजशास्त्री, सामुदयिक बिकास, मानव अधिकार लगायतका विज्ञ (भोजपुर)
- अम्बर बमजन तामाङ- संस्कृति, पुरातत्व तथा पर्यटन विज्ञ (सोलुखुम्बु)
- सरिता लामा- पर्यटन विज्ञ (काठमाडौं )
- कमला तामाङ- आचार्य बौध्द दर्शन (रामेछाप)
- सुवास तामाङ- मानार्थ सदस्य (जनसरकार प्रमुख नुवाकोट)
- बुद्द योञ्जन तामाङ-ललितकला विज्ञ (सिन्धुपाल्चोक)
- लक्ष्मि रुम्ब तामाङ- साहित्य विज्ञ (नुवाकोट)
- डा. इला घिसिङ- चिकित्सा विज्ञ (काभ्रे)
- डा. इभ घिसिङ- चिकित्सा विज्ञा (काभ्रे)
- झलकमान तामाङ – शिक्षा विज्ञ (ओखलढुंगा)
- रचना मोक्तान तामाङ- तामाङ मातृभाषा साहित्य(काभ्रे)
- प्रकाश तामाङ- ईलेक्ट्रिकल ईन्जिनियर(नुवाकोट)
- देवकुमार स्याङबो- भूगर्भविद (मकवानपुर)
- निबन्ध लामा-अर्थविद (मकवानपुर)
- लिला मोक्तान- मानार्थ सदस्य (वागमती नगरपालिका सर्लाही)
- नारायण ध्वज तामाङ- कानून विज्ञ (काभ्रे)
- जगत मान दोङ- सञ्चार विज्ञ (काभ्रे)
- बुद्द लोप्चन -सञ्चार विज्ञ (काभ्रे)
- प्रेम थोकर- कानून विज्ञ
- प्रताप तामाङ- सिभिल ईन्जिनियर | मोर्चाको दोस्रो पुर्ण बैठकबाट चुनिएका मोर्चाका सल्लाहकार समिति र विज्ञ/मानार्थ समितिलाई हाम्रो तर्फबाट धेरै धेरै बधाई तथा कार्यकाल सफलताको कामना |






