समाचार

तामाङ राष्ट्रिय मुक्तिमोर्चाको नीतिसँगै उषा वाइबा चुनावी अग्रसरतामा

तामाङ राष्ट्रिय मुक्तिमोर्चा नेपालको केन्द्रीय कोषाध्यक्ष तथा युवा नेतृ उषा वाइबा यतिबेला नुवाकोटको राजनीतिमा चर्चाको बिषय बन्दै छिन्।

आउँदो २०82साल फाल्गुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा नुवाकोट जिल्लाबाट उम्मेदवार बन्ने सम्भावनासँगै उनको नाम व्यापक रूपमा उठ्न थालेको छ।

जेन्जी पुस्तामाझ लोकप्रिय नामका रूपमा स्थापित उषा वाइबा केवल सम्भावनाको राजनीतिमा सीमित छैनन्, उनी व्यवहारिक संघर्षबाट खारिएको नेतृत्व हुन्।

माओवादी केन्द्रको वागमती प्रदेश सदस्यको जिम्मेवारीमा रहेर उनले संगठन र जनताबीच सेतुको भूमिका निर्वाह गर्दै आएकी छिन्।

राजनीतिसँगै सामाजिक अभियानमा सक्रिय रहँदै उनले युवापुस्ताको आवाजलाई संस्थागत गर्न निरन्तर पहल गरिरहेकी छिन्।

तामाङ राष्ट्रिय मुक्तिमोर्चा नेपालले आफ्नो केन्द्रीय पदाधिकारीहरूलाई अनिवार्य रूपमा आगामी निर्वाचनमा उम्मेदवार बनाउने घोषित नीतिले पनि उषा वाइबाको उम्मेदवारीलाई थप बल पुगेको छ।

मोर्चाको नीतिअनुसार आफू उम्मेदवारीको दिशामा अघि बढिरहेको संकेत उषाले स्वयं पनि दिइरहेकी छिन्।

उनको राजनीतिक यात्रा अचानक सुरु भएको होइन, यो लामो संघर्ष र निरन्तर प्रतिबद्धताको परिणाम हो।

विद्यार्थी राजनीतिबाट सुरु भएको उनको यात्रा काठमाडौं सम्पर्क समिति हुँदै पार्टी र मोर्चाका विभिन्न तहसम्म विस्तार भएको छ।

हरेक जिम्मेवारीमा उनले इमानदारिता, स्पष्ट विचार र संगठनप्रतिको निष्ठा प्रदर्शन गर्दै आएकी छिन्।

उषा वाइबा तामाङ समुदायको मात्र होइन, समग्र उत्पीडित वर्ग र युवापुस्ताको साझा प्रतिनिधित्व गर्ने नेतृका रूपमा उभिँदै छिन्।

शैक्षिक योग्यता उनका लागि थप शक्ति बनेको छ।

त्रिभुवन विश्वविद्यालयबाट विज्ञान र राजनीतिक शास्त्रमा डबल डिग्री हासिल गरेकी उषा वैचारिक र व्यवहारिक दुवै रूपमा सक्षम नेतृ हुन्।

समकालीन राजनीतिमा जेन्जी पुस्तासँग सहज रूपमा संवाद गर्न सक्ने क्षमता उनको बलियो पक्ष हो।

उनको स्पष्ट बोली, जुझारु स्वभाव र समावेशी सोचले नयाँ राजनीतिक विकल्पको संकेत गर्छ।

राजनीतिलाई पेशा होइन, परिवर्तनको माध्यम ठान्ने उषा वाइबा आज भरोसाको नाम बन्दै गइरहेकी छिन्।

नुवाकोटको राजनीतिक धरातलमा उनको सम्भावित उम्मेदवारीले नयाँ बहस र ऊर्जा सिर्जना गर्ने निश्चित छ।

महिला, युवा र सीमान्तकृत समुदायको सशक्त आवाज संसदसम्म पुर्‍याउने दृढ अठोट उनीसँग छ।

उषा वाइबाको उदय केवल एक व्यक्तिको उन्नति होइन, यो पुस्तान्तरण र प्रतिनिधित्वको संघर्ष हो।

राजनीतिमा आशा खोजिरहेका युवाहरूका लागि उनी प्रेरणाको स्रोत बन्दै गइरहेकी छिन्।

यसर्थ, उनको राजनीतिक यात्राले अझ उचाइ प्राप्त गरोस् भन्ने कामना स्वाभाविक छ।

हाम्रो तर्फबाट पनि तामाङ चेली उषा वाइबाको सफल, संघर्षशील र ऐतिहासिक राजनीतिक यात्राको लागि हार्दिक शुभकामना।