Category: समचार
बीपी राजमार्ग : काभ्रेतर्फ अस्थायी सडक निर्माण गरिँदै, २ दिनमा अस्थायी रुपमा सञ्चालन हुने गरि काम तिव्र
काभ्रेपलाञ्चोक । रोशी खोलाको बाढीले बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाको सीमास्थल चौकीडाँडामा बगाएको दुई सय मिटर सडक दुई दिनभित्र अस्थायी रुपमा सञ्चालन गर्ने तयारीका साथ जनशक्ति र उपकरण परिचालन गरिएको छ । रोशी खोलाको बहावलाई सोझ्याएर सडक बगेकै स्थानमा अस्थायी रुपमा यातायात सञ्चालन गर्नेगरी निर्माण थालिएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ…
सुवासित काइतेन *चित्रमा तामाङ इतिहास*
कोभिड-१९ महामारीबीच भिजुअल आर्टिस्ट सुवास तामाङले तामाङ समुदायको इतिहास, स्मृति र पहिचान विश्वमाझ ‘काइतेन’ गर्दैछन्।काठमाडौंको बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरी कक्ष भिजुअल आर्टिस्ट सुवासको कलाकृतिले झकीझकाउ छ। २५ भदौदेखि ‘काइतेन’ शीर्षकमा थालिएको यो प्रदर्शनी तामाङ इतिहासको सुवासित प्रस्तुति हो। अझै भनौं, यो तामाङ समुदायले भोगेको उत्पिडनको साँगोपाँगो कथा हो। काइतेन भनेको आफ्नो कुरा अरुलाई सुनाउनु हो।३० वर्ष…
तामाङ चेलीलाई पतिबाट खोसेर कसरी जंगबहादुरले ४२औं रानी बनाएका थिए ?
धाई आमाका रूपमा दरबार ल्याइएकी विवाहिता तामाङ चेलीलाई पतिबाट खोसेर जंगबहादुरले ४२औं रानी बनाएका थिए। राजकुमार दिक्पालनेपाली राजनीतिका असाध्यै धूर्त खेलाडी मानिएका जंगबहादुर राणाका घोषित रानी ४२ जना थिए। उनको पहिलो बिहे सानै उमेरमा विसं १८८५ वैशाखमा भएको थियो, काजी प्रसादसिंह बस्न्यातकी अविवाहितातिरकी छोरी प्रसादलक्ष्मीसँग। यिनका तर्फबाट पहिलो सन्तानका रूपमा भीमजंगको जन्म भएको थियो। विसं १८९२ मंसीर-पुसतिर…
१४ जना शव निकालि सकेको झ्याप्ले खोलामा अर्को माइक्रो बस (हायस) पनि पुरिएको फेला परेको छ।
पृथ्वी राजमार्ग अन्तर्गत धादिङको झ्याप्ले खोलामा अर्को माइक्रो बस (हायस) पनि पुरिएको फेला परेको छ। आइतबार बस पुरिएको स्थानमा खोजी कार्य गर्दा अर्को पनि हायस पुरिएको भेटिएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। त्यहाँबाट १० वटा शव निकालिएको डिएसपी थापाले जानकारी दिए। जिल्ला प्रहरी कार्यालय धादिङका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक इन्स्पेक्टर प्रल्हाद सिलवालले बिहानदेखि अहिलेसम्म…
दाइले गणतन्त्रको लागि ज्यान दिए, भाइले बाढिमा अरुको ज्यान बचाए
रियल हिरो : गृहमन्त्रीले बचाउँन सकिएन भनेका नख्खु खोलाले बगाएका ४ जनालाई काभ्रेका चणिकलाल ताामाङले खोलामा कुदेर बाहिर निकालेर उद्दार गरेका छन् । चणिकलाल एक्लैले दुई जनालाई सकुशल उद्दार गर्न सफल भए । काभ्रेको तेमाल गाउँपालिका–९ चोपाटार घर भएका चणिकलाल पेन्टर हुन् । बगेको ठाउँबाट करिब तीन सय मिटर तलबाट उनीहरुलाई निकालेपछि चणिकलालले भुइँमा सुताई…
जहाँ तामाङ, त्यहाँ मुक्ति मोर्चा
पहिचान सहितको संघियता, जातिय जनसंख्यको आधरमा पुर्ण समानुपातिक सहभागिता, अल्प संख्याकको लागि बिशेस आरक्षण र प्रत्यक्ष निर्बाचित कार्यकारी राष्ट्रपतिको मुद्दालाई फेरि अगाडि सार्दै देश ब्यापी अभियन चलाइ रहेको तामाङ राष्ट्रिय मुक्तिमोर्चा नेपालले आज असोज १० गते मोर्चाको काभ्रे जिल्ला अन्तर्गतका केन्द्रिय सदस्यहरु र प्रदेश कमिटि सदस्यहरुको संयुक्त बैठक मोर्चाको वागमती प्रदेश संयोजक कर्म लोप्साङ तामाङको…
समाजवादी क्रान्तिः तामाङ मोर्चाको भूमिका
समाजवादी क्रान्तिः तामाङ मोर्चाको भूमिका युगान्तकारी परिवर्तनको नायक श्रेदय अध्यक्ष क. प्रचण्डको नेतृत्वमा संचालित ऐतिहासिक महान जनयुद्ध, सही सावित भएको यथार्थ, एकात्मक राज्यसत्ताको ठाउँमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित हुनु राजनीतिक व्यवस्थाको आमूल परिबर्तन हो, यो भन्दा बलियो प्रमाण अरु के हुन सक्छ ? संवैधानिक रुपमा नेपाल समाजवाद उन्मुख उल्लेख हुनु, यो धेरै महत्वको सवाल हो…

