समाचार

१४ जना शव निकालि सकेको झ्याप्ले खोलामा अर्को माइक्रो बस (हायस) पनि पुरिएको फेला परेको छ। 

Screenshot
Screenshot

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको झ्याप्ले खोलामा अर्को माइक्रो बस (हायस) पनि पुरिएको फेला परेको छ। 

आइतबार बस पुरिएको स्थानमा खोजी कार्य गर्दा अर्को पनि हायस  पुरिएको भेटिएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। 

 त्यहाँबाट १० वटा शव निकालिएको डिएसपी थापाले जानकारी दिए। 

जिल्ला प्रहरी कार्यालय धादिङका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक  इन्स्पेक्टर प्रल्हाद सिलवालले बिहानदेखि अहिलेसम्म ८ पुरूष र २ महिलाको शव भेटिएको जानकारी दिए। 

बस र विंगर पुरिएको ठाउँबाट ती शवहरू निकालिएको र पहिचान हुन बाँकी नै रहेको इन्स्पेक्टर सिलवालले बताए। 

आइतबार बिहान बस पुरिएको ठाउँबाट तीन जनाको शव निकालिएको थियो। खोजी कार्य जारी रहँदा थप ७ जनाको शव भेटिएको हो।  

अहिले पनि खोजी कार्य जारी छ। पहिरो पन्छाउन धादिङका प्रहरी प्रमुखकै नेतृत्वमा प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ। 

यसैबीच गोरखा दरौंदी यातायात सेवा कम्पनीको बस सम्पर्कविहीन भएको छ।

ना ४ ख २२७० नम्बरको यात्रुबाहक बस लापुबेसीबाट काठमाडौं जानका लागि छुटेको र खानीखोलाबाट सम्पर्कविहीन भएको कम्पनीका अध्यक्ष नारन खत्रीले जानकारी दिए।

‘लापुबेसीबाट बिहान ११ बजे बिहान छुटेको थियो। बसमा दुई–तीन जना मात्रै यात्रु भएको बुझेका छौं। बसमा गुरूङ र तिवारी थरका चालक र सहचालक हुनुहुन्थ्यो। उहाँहरूले जाम छ भनेर बताइरहनुभएको थियो। धादिङको धुनीबेसी नगरपालिकास्थित खानीखोला पुगेपछि सम्पर्कविहीन भएको छ,’ उनले भने।

यात्रुका आफन्तले पनि सम्पर्कमा नआएको भन्दै फोन गरिरहेको खत्रीले जानकारी दिए। हराएको बस झ्याप्ले खोलामा पुरिएको बस हुन सक्ने आकलन गरिएको छ।

यसअघि शनिबार नै झ्याप्ले खोलामा एउटा बस र विंगर जिप पुरिएका थिए। पुरिएको गाडीबाट १४ जनाको शव निकालिएको थियो। बिपदको बेला सबै सअभागि हुदै ठाउ ठाउमा फसेकाहरुको उद्दार गरौं 🙏🏻