समाचार

महालक्ष्मि नगरपालिकामा *तामाङ मोर्चा*

ललितपुर, तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालले ललितपुर जिल्ला अन्तर्गत महालक्ष्मी नगरालिकामा आज भदौ ३० गते तमाङ राष्ट्रिय मुक्तिमोर्चाको नेपालको प्रथम नगर पालिका सम्मेलन सम्पन्न गरेको छ | मोर्चाका केन्द्रीय उपाध्यक्ष क.गोपीलाल सिङ्तानको प्रमुख आतिथ्यमा सम्पन्न भएको सम्मेलनमा अन्य अतिथिहरुमा पार्टिको जिल्ला अध्यक्ष क राजेन्द्र अमात्य, मोर्चाको केन्द्रिय सदस्य छेवाङ तामाङ, मोर्चाको जिल्ला संयोजक क छिरिङ लामा, ललितपुर जिल्ला समन्वय समिति सदस्य क बलराम तामाङ लगायतको अतिथिहरुको सहभागिता हुनु हुन्थ्यो |

आज सम्पन्न भएको सम्मेलनबाट सर्वसम्मत निर्वाचित अध्यक्ष क. कान्छी तामाङको नेतृत्वमा २६ सदसिय मोर्चाको नगर समिति सर्बसहमत निर्वाचित गरिएको थियो | निर्बाचित समितिहरुको नामावली यस प्रकार छ |

कान्छि तामाङ – अध्यक्ष

हरि बहादुर तामाङ- उपाध्यक्ष 

शुशिला लामा- सचिब

समिर गोले – कोषाध्यक्ष 

सदस्यहरु :- कुमार तामाङ, कल्पना तामाङ, माया तामाङ, अन्जु तामाङ, सिता तामाङ, उर्मिला तामाङ, अन्जली तामाङ, सन्चमाया तामाङ, कुमार तामाङ, ईश्वरी तामाङ, मनमाया तामाङ, लक्ष्मी तामाङ, धनिमाया तामाङ, ठुलीमाया तामाङ, कान्छि लामा, राम लामा, सबि तामाङ, गोपाल तामाङ, सिमा तामाङ , इन्द्र बहादुर तामाङ, म्लाङै तामाङ, शालि माया तामाङ |

आजको यस सम्मेलनबाट निर्बाचित तामाङ राष्ट्रिय मुक्तिमोर्चा नेपाल महालक्ष्मी नगर समितिका सम्पुर्ण सदस्यहरुलाई हाम्रो तर्फबाट बधाई तथा कार्यकाल सफलताको कामना ब्यक्त गर्दछौ |