माला जपने चलनको सुरूवात कहाँबाट भयो भन्दा धेरै पहिले भारतमा साधु अथवा धर्म अभ्यास गर्ने ब्यक्तिहरू धर्म साधना गरेर थाकीत हुँदा एकछिन आराम गरी बस्दा एतिकै बस्यो भने त्यो समय खेर जाने भयो | समय त्यतिकै खेर फाल्नु भन्दा माला मन्त्र जपेर केही मात्रमा पनि लाभ प्राप्त हुने भएकोले त्यो आराम गर्ने अवधिमा मन्त्र पढ्दै माला जपिन्थ्यो र त्यसरी माला जप गर्ने प्रथा सुरू भयो | तसर्थ माला जप गर्नु भन्दा पनि ध्यान तपस्या गर्नु महत्वपुर्ण मानिने भए पनि माला जप्नु भनेको भगवानको नजीक हुनु हो | आफैले भगवानको भक्तिभाव गरेर माला जप्नु भगवानलाई प्रसन्न पार्नु हो | त्यसैले मन्त्र सहितको माला जप्नु भनेको गुनयुक्त भएको प्रर्थना हो ।
माला जप चार प्रकारका हुन्छन् ।
- शान्त जप
2. वृद्धि जप
3.वाशीकराण जप
4.क्रोधित जप
- शान्त जप भन्नाले हाम्रो पाप, नराम्रो कुकर्म, क्लेश अनी दुरदशाहरू शान्त पार्ने अथवा हटाउन गरिने जपलाई शान्त जप भनिन्छ ।
2. वृद्धि जप भन्नले आयु वृद्धि हुनु, पुण्य बृद्धि हुनु, सिद्ध बृद्धि हुनु, धन सम्पत्ति बृद्धि हुनलाई गरिने जप साधनालाई बृद्धि जप भनिन्छ।
3. वशीकरण जप भन्नले कसैलाई आफ्नो बासमा पार्न गरिने जपलाई भनिन्छ।
4. क्रोधित जप भन्नले नराम्रो भुत प्रेतहरूलाई ताहलाउन, दमन गर्नलाई गरिने जप साधनालाई क्रोधित जप भनिन्छ।
यी चार प्रकारका जप साधना गर्दा के कस्ता तत्वले बनेको माला चाहिन्छ त ?
- शान्त जप गर्दा सीसा, माछाको पखेटा, मोती, ढुङ्गा, अथवा मणी रत्नले बनेको माला चाहिन्छ ।
- बृद्धि जप गर्दा सुन, चाँदी, कमलको गेडा, यी आदीले बनेको माला चाहिन्छ।
- वशीकरण जपको लागी अलक माला नचाहेता पनि त्यही मालाहरूलाई केसर जस्ता वास्ना लगाई जप गर्नु पर्छ।
- क्रोधित जपको लागि रुद्राक्षाको, ह्रक्डुको, रिट्ठाको, केटाको हड्डिले बनेको माला चाहिन्छ।
यो माथि उल्लेखित चार प्रकारको सबै जप साधना गर्न मिल्ने मन्त्र लाग्ने माला चाहि बोधीचित्त माला हो | यो बोधिचित्त माला चाहि नेपालको वागमती प्रदेश भित्रको काभ्रेपलाञ्चोक जिल्लाको तेमाल क्षेत्र ह्यारि न्हाक गुरु पेमाले संसारको ह्याक्षे न्हाक्पो राक्षसलाई दमन गर्न तोङसोम कुण्डा र घेलोङ ओडारमा ह्याक्षे न्हाक्पो राछेसलाई दमन गर्न सक्ने शक्ति प्राप्त गर्न तपस्या गरि ह्याक्षे न्हाक्पो राक्षसलाई दमन गर्न सक्ने शक्ति प्राप्त भए पछि ह्याक्षे न्हाक्पो राक्षसलाई दमन गरि सबैभन्दा राम्रो सम्पुर्ण मन्त्र जप साधना गर्द मन्त्र लाग्ने बुद्ध चित्त मालाको विरुवा ह्यारि न्हाक छ्यु ग्याछो लिङ्गले कोर्वा गरेको ठाउँमा जिन्लाप स्वरुप उमार्नु भयो | त्यो विरुवाबाट फलेको फल दाना नै बुद्ध चित्त माला हो | त्यस पछि गुरु पेमा ह्यारि न्हाक तेमालबाट तिब्बत जानु भएको थियो | त्योहि मालाको बोटबाट उत्पादन भएको बुद्ध चित्त माला आज भोलि ह्यरि न्हाक तेमालमा र तेमाल आसपासका गाउहरुमा पाइन्छ |

अब जप गर्न मालाको दाना कति चाहिन्छ भन्दा सबै उद्देश्य पुरा गर्नलाई जप गरे ५० ओटा दानाको माला चाहिन्छ। शान्त जपको लागि १०० ओटा दानाको माला चाहिन्छ। वृद्धि जपको लागि १०८ ओटा दानाको माला चाहिन्छ। वशिकरण जपको लागि २५ ओटा दानाको माला चाहिन्छ । क्रोधित जपको लागि ६० ओटा दानाको माला चाहिन्छ । तर बास्तबिक प्रयोगमा १११ ओटा दाना भए अति उत्तम् हुन्छ | किनभने १०० पटक जपदा १० पटक तल-माथी हुन जान्छ र १० पटक जप्दा १ पटक तलमाथी हुन सक्छ। त्यसैले १०८ गेडा बनाउनुमा बिशेष कारण छ ।
अब मालाको डोरी कस्तो हुनु पर्छ भने माला सिउरिने डोरी चाही नौ प्रकार को डोरी एक ठाँउमा बेरेर
बनाएको हुनु पर्छ, अथवा शान्त जपको लागि सेतो, बृद्धि जपको लागि रातो बशीकरण जपको लागि पहेलो, क्रोधित जपको लागि कालो अथवा छिनलो, आदी चाहिन्छ । माला उन्ने ब्यक्ति कुमारी कुनै पुरूषको छाँयामा नपरेको भए सबै भन्दा उतम् हुन्छ | नभए धर्म प्रती शुद्ध आस्था बिस्वास भएको हुनु पर्छ।
सच्चा साधना जपमा बस्नलाई यी कुराहरूले युक्त हुनु पर्छ । माला सिउरिने नौ प्रकारको डोरीले के जनाउँछ भन्दा ९ ओटा देवता जनाउँछ, र ती देवताहरू बास गर्ने जनाउँछ, ती ९ देवताहरूको नाम यस प्रकार छ, च्येङरेसी, मैत्री बुद्द, नम्खा जोई, समन्त भद्र, बज्र पानी, मन्जु श्री, ढीप्पा नम्सेल, साही
ङ्यीङ्पो, यी अष्ठ बोदी सात्वा को माथी दोर्जे छ्याङ् थप्दा ९ ओटा हुन्छ । त्यसैले माला भनेको शीलको तत्व भएकाले जो पायो त्यसैलाई छुन अथवा देखाउन हुन्न । माला भनेको बस्तु हो | त्यसको आफ्नै शक्ति हुन्छ र हामीले जप्ने मन्त्रको पनि आफ्नै शक्ति हुन्छ, त्यसैले यी दुई समाबेस हँदा ठुलो फल स्वरूप प्राप्त हुन जान्छ।
मालाको दानाहरूले बोधि सत्वहरू जनाउँछ, र मालाको गाठो समाउने टाउकोले धर्म काय जनाउँछ | त्यस माथि रहेको टाउको चाही चैत्य हो | तर अहिलेको मालाहरूमा तेस्तो खालको आकार हराउँदै गई रहेको पाईन्छ | तेस्ले स्वभाबिक काय जनाउँछ, त्यसैले यी मालाहरूमा निम्न भगवान हरूले बास गर्ने हुदाँ सदावहार लगाउन छोड्नु हुन्न | माला मात्र लगाए पनि हामी लाई नराम्रो दुर दशाबाट टाडा राख्न सकिन्छ |मालालाई टिबेटिन भाषामा ठेङ्वा भनिन्छ | ठेङ्वाले माया जनाउँछ। त्यसैले मालाले धर्म प्रती माया र बिस्वास अथवा त्रिरत्न प्रती गहिरो आस्था बिस्वास छ भन्ने जनाउँछ | त्यसैले शुद्ध बौद्ध धर्म मार्गी हो भने माला सदाबहार लगाउनु पर्छ भनेर परम् पुज्यनिया गुरूवार दोमार ङ्हावाङ ह्यरि न्हाक तोङसोम कुण्डा गुरु डुफ्फुक गुम्बाको प्रमुख लामा गुरुले भन्नु हुन्थ्यो |हामीले माला सधै लगाउनु पर्छ |अनि बेलाबेलामा आफुले लगाएको मालाले जप साधना गर्न याद दिलाउछ र धेरैपुण्य सन्चय गर्न सिकाउँछ । थुचेछ |


