समाचार

YCL कप क्रन्तिकारीको पोल्टमा

संबिधान दिवासको उपलक्ष्यमा तेमाल YCL ले आयोजना गरेको फुटसल प्रतियोगितामा  तेमाल YCL, अखिल क्रान्तिकारी, तेमाल माओवादी पार्टि र उज्यालो नेटओर्क गरि ४ वटा समुह बिच भएको नकाउट प्रतिस्पर्धामा क्रान्तिकारिको टिमले YCL का टिमलाई हराउदै फैनाल प्रबेस गरेको थियो | यस्तै गरी उज्यालोको टिमले तेमाल पार्टिलाई हराउदै फाइनलमा स्थान बनाएको थियो | 

       खेलको फाइनल चरणमा अखिल क्रान्तिकारीले उज्यालोको टिमलाई हराउदै YCL कप आफ्नो पोल्टमा पार्न सफल भएको थियो |  

    आजको यस प्रतियोगिताको बिजय टोलिलाई कप तथा तक्मा आजको कार्यक्रमको प्रमुख अतिथि नेकपा माओवादी केन्द्रको केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य  सुर्यमान दोङ जिको साथै माओवादि तेमालको नेतृत्वहरुले संयुक्त रुपमा प्रदानगर्नु भएको थियो |  तक्मा तथा कप बितरणको क्रममा कार्यक्रमको प्रमुख अतिथिबाट युव खेलडिहरु माझ आजको बिशेस दिनको महत्व बारेमा चर्चा गर्दै हाम्रो रगत र पसिनाको तागतले ल्याएको गणतन्त्र नेपालको संबिधानको रक्षा हामीले नै गर्नु पर्ने र यसै संबिधान मार्फत नै समाजवादि यात्रामा अगाडि बढ्नु पर्ने छ भन्दै युवहरु माझमा संबिधान दिवासको सबैलाई शूभ कामना ब्यक्त गर्नु भएको थियो | 

   अन्तमा  तेमाल YCL को अध्यक्ष बिजय लामाले बियज टोलि र उपस्थिति सम्पुर्ण अतिथि गणरुलाई धन्यावद दिदै कार्यक्रम समापन गर्नु भएको थियो | हाम्रो तर्फबाट पनि बिजय टिम लगायत सम्पुर्ण देशवासिलाई संबिधान दिवसको शूभ कामना ब्यक्त गर्दछौ |