समाचार

बौद्ध धर्ममा लुङ्दार र दर्ज्युको अर्थ र महत्त्व

बौद्ध धर्ममा लुङ्दारको र दर्ज्युको अर्थ र महत्त्व :
बौद्ध धर्मा लम्बिहरुले पूजाआजा र कर्मकाण्डमा विभिन्न रंगका लुङदार र दार्ज्यु लगाउने गर्दछन लुङदार भनेको तान्ने चाहि हो र दर्ज्यु भनेको चाहिँ झन्डा हो।
लुङ्दार र दर्ज्यु एउटै शब्दको बोध गराउँछ । यसलाई मन्त्रयुक्त लुगाको हावा भनिन्छ। लुङ्दारको हावाले जहाँ जहाँ सम्म भेट्छ अथवा प्राणीहरूको शरीरमा स्पर्श गर्छ ती प्राणीहरूको ग्रह-दाश हटेर जान्छ । मनको अशान्तिलाई शान्तिको बास गराउँछ। धर्मको चेत खोलाउँछ । अशान्ति र धर्म नभएको ठाउँमा शान्ति र धर्मको बोध गराउँछ ।
लुङदार धेरै प्रकारका हुन्छन् । जसलाई जुन प्रकारको आवश्यकता पर्छ त्यही प्रकारको लुङदार र दर्ज्यु प्रयोग गरिन्छ । यस लुङदर र दर्ज्युमा प्रयोग भएको नीलो, सेतो, रातो, हरियो र पहेंलो रंगको अर्थ निम्न प्रकार रहेको छ |

(१) नीलो – नीलो रंगको प्रतीक हो आकाश । आकाशबाट आउने रोग, कष्ट हरण होस् अनि राम्रो राम्रो चीजहरू चै आफूले ग्रहण गरोस् भनेर यो नीलो रंग राखिएको हो।

(२) सेतो – सेतो रंगले हावा वा बादल बुझाउँछ । हावा वा बादलले पनि कति राम्रो – नराम्रो कुराहरू बहाएर ल्याउँछ। यसर्थ, संसारका प्राणीहरूमा नराम्रो कुराहरू नपरोस् अनि राम्रो मात्र कुराहरू ग्रहण होस् भनी यो सेतो रंगको प्रयोग गरेको हो। अर्को सेतोको अर्थ हुन्छ शान्ति ।

(३)रातो – यसको सांकेतिक अर्थ हुन्छ अग्नि वा घामको ज्योति । यस घामको ज्योति वा अग्निमा पनि विभिन्न प्रकारका किटाणु, नराम्रो तत्वहरू आई प्राणी जगत्मा नराम्रो पान वा बिमारीहरू फैलाउँछन् । यस्तालाई नाश गरी राम्रो तत्वहरूको मात्र प्राणी जगतमा प्रवेश होस भनी रातो रंगको लुगा प्रयोग गरिन्छ।

(४) हरियो – यसको प्रतीक पानी मानिन्छ। प्राणी जगतमा पानी अत्यन्तै आवश्यकता पर्दछ । यो पानी प्राणीहरूले ग्रहण गर्दा यसमा भएका किटाणुहरूले प्राणी जगत्मा बिमारी फैलाई दुःख-कष्ट, पीर – मर्का पारी नाश तर्फ लैजान्छ । यसरी प्राणीको कल्याणार्थ साथै किटाणुहरू नाश होस् अनि दुःख-कष्ट, पीर – मर्का आदि हरण होस् भनी यो हरियो रंगको प्रयोग गरिन्छ ।
(५) पहेंलो – यस रंगको सांकेतिक अर्थ हुन्छ माटो । माटोबाट पनि यस्ता नाशक तत्वहरू आउने गर्छन् किन भने प्राणी जगतमा यसै माटोबाट उत्पन्न भएका वस्तुहरू प्रयोग गरिन्छ । यस्ता प्रायोगिक तत्वहरूबाट विभिन्न प्रकारका नाशक तत्वहरू ग्रहण नहोस् अनि राम्रो राम्रो तत्वहरूको मात्र प्रयोग होस् भनी पहेंलो रंग राखिएको हो |