
आज तामाङ राष्ट्रिय मुक्तिमोर्चा नेपालको सल्लाहकार समितिको बैठक बसियो | मोर्चाको केन्द्रिय अध्यक्ष डिल्लिमान दोङको अध्यक्षतामा बसेको सल्लाहकार समितिको बैठक मोर्चाको केन्द्रिय महासचिब लिला कुमार घलानले सञ्चालन गर्नु भएको थियो |

आजको बैठकमा सल्लाकारहरुले के के भन्नु भयो त ? बुंदागत रुपमा सल्लाहकारहरुको भनाइ |
टुल्कु टान्डिन तामाङ : बिगत देखि आफुहरुलाई पछाडि पारिएको थियो | पुस्तान्तरण हुदा पनि अगाडिकोहरुको मर्म बुझ्न गाह्रो भै रहेको जस्तो भान हुन्छ | स्थापना कालमा अखिल नेपाल जनजाति महासंघमा महासचिब कुमर योञ्जन, रुद्र सीं पाख्रिन र टुल्कु मोक्तन ३ जनाबाट मोर्चा गठन गर्न बहस शुरु गरेको थियो | उच्च जातिय अहङ्कार वाद र जातिय अहङ्कार वादका शिकार भएको कारण मोर्चालाई अगाडि बढ्न कठिन भैरहेको |
गंगा बहादुर तामाङ : नया पुस्तले नजोडिएकोमा हामि बिचार बिहिन भएको अबस्था छ |
जातिय पहिचानको मुद्द उठाएकै आधरमा संस्थापक अध्यक्ष कुमार योञ्जन जिलाई मोर्चा मै रहन नसक्ने गरि पार्टिले खेद्नु | मोर्चाले पनि वहालाई संरक्षण गर्न नसक्नु | यो संगठन हजारौको रगत र पसिनाको बलले उठाएको संगठन हो | यो कुनै खेलासी होइन |
मान बहादुर दोङ : म सांस्कृतिक रुपन्तरणमा लागेको मान्छे, आफै रुपान्तरण हुन सकिएन , यो मेरो मात्र समस्या नभएर आम कम्यनुनिष्टहरुको समस्या हो जस्तो लाग्छ | गणतन्त्र प्राप्ति पछि परिबर्तन भयो भने पनि सरकारि निकायहरुमा जातिय बिभेद कायम छ | अझै पनि मोर्चाले धेरै लड्नु पर्ने अबस्था छ | तामाङहरु गणतन्त्र प्राप्ति पछि प्रगतिको बाटोमा भन्दा पनि रुढिवाद तिर बढि उन्मुख भैरहको देखिन्छ | यस कारणहरुले तामाङहरुलाई बिज्ञानको यो युगमा अगाडि बढ्न तकारो भै रहेको छ |
पानीराज बम्जन : हामिले अगिल्लो कार्यकालमा संगठन चुस्त दुरुस्त पार्न सकिएन | ७औ महाधिबेसन सारमा जे भएनि रुपमा सुन्दर ढंगबाट समापन भएको देखिन्छ | कार्यकर्ताहरु जन मुखि नभै नेता मुखि भैरहेको छ | जस्को कारण जनताको माझमा रहनु भन्दा पनि सानो सानो झुण्डमा नेताहरु रमाइ रहेको अबस्था छ | यो हाम्रो पार्टि र मोर्चाको लागि चुनौति हो | मोर्चाको नेतृत्वहरुले प्रदेशको मुख्य मन्त्रि बन्न कदम चालेको पाइएन , मोर्चाले पनि यो बिषयमा कुनै भुमिका नखेल्नु हाम्रो कमजोर पक्ष हो | घेदुङको सवलमा काजिमान थिङ तामाङलाई नियतवस हटाइयो कि, उसकै गल्तिले हटाइयो ? मोर्चाले काजिमानको रक्षाको लागि कतिको पहल गर्यो ?
कुमार योञ्जन : संगठनिक काम तिब्र ढंगले बढाउन जरुरि | संगठन निर्माण गर्दा स्थानिय तहमा जनताको माझ सम्म संगठन पुर्याउनु पर्ने छ | आहिले संबिधानको बिरोध हुने क्रम बढ्दै छ | संबिधनको बिरोध एकातिर राजावादिहरुले गर्दै छ भने अर्को तर्फ उत्पिडित समुदायले पनि बिरोध गर्न शुरु गरेको अबस्था छ | लिपिको सवालमा घेदुङले तामयिक लिपिलाई अगाडि बढाइ रहेको छ | मोर्चाले पनि यसलाई जनताको लेबल सम्म पुर्याउदा राम्रै हुन्छ | आहिले लामा, बन्बो र तम्बहरुलाई एक ठाउमा उभ्याएर समन्वय गर्दै लगेन भने तामाङ समाज भित्र यि ३ समुह बिच विभाजन आउने सम्भावना बढेको देखिन्छ | मोर्चा नितिगत र सैध्दान्तिक रुपमा मात्र पार्टिको भर परेर आफ्नै खुट्टामा टेकेर अगाडि बढेमा मोर्चाको लागि हितकार हुने छ | मोर्चाले जातिय रुपमा उठिरहेको आन्दोलनहरुलाई समन्वय गरेर अगाडि बढ्दा आन्दोलनले सर्थकता पाउन सक्छ | संबिधान संशोधनको बिषय उठिरहेकोले समानुपातिक समाबेसिको मुद्द खोस्न सकिने सम्भावना हुने हुदा मोर्चा यो बिषयमा चनाखो हुन जरुरत छ | आहिेले हिन्दु धर्म स्थापना गर्न इन्डियबाट आर्थिक र जनशाक्ति परिचालन गरिरहेको अबस्थामा मोर्चाले यसमा एक्सान लिने हिसाबले अगाडि बढ्नु पर्दछ | सल्लाहकारहरुको मिटिङ कम्तिमा नि २ महिनाको एक चोटि राख्दा उपलब्धि मुलक नै हुन्छ |

मैन कुमार मोक्तन : 7औ महाधिवेशन पछाडि संगठनमा जगरुक भएको देखिन्छ | यसलाई निरन्तरता दिइ रहन जरुरि छ | मोर्चाको नेतृत्वहरुले पार्टि संग पनि मोर्चाको भुमिका सम्बन्धि बहस र छलफल गर्न जरुरी छ | तामाङ नेतृत्वहरुको बुझाइमा एकरुपता ल्याउन मोर्चा भित्र पनि छलफल र बहस गर्नु आहिलेको आबश्यकता हो | तामाङ नेतृत्वहरु मोर्चाको कार्यनितिमा भन्दा पनि पद हत्याउन दौडधूप गरिरहेको अबस्था | यसलाई अब मोर्चाले नेतृत्वदायी भुमिका खेल्ने गरि अगाडि बढ्न जरुरी छ |जातिय स्वयत्तको बहस मोर्चाले प्रचण्ड संग गर्न सक्ने कि नसक्ने ? तमाङ मोर्चा अगाडि बढ्ने वा नबढ्ने यहिबाट निर्धारित गर्छ |लडाइको बेला तामाङ जनजातिको कुरा गर्ने पार्टिले सत्तामा पुग्ने बेला अपहेलित गरिरहेको अबस्था छ | यसो हुनुमा मोर्चा संगठन कमजोर भएर नै हो |
राधिका तामाङ : मोर्चाले मोर्चाको संस्थापक देखि आहिले सम्मको जेनेरेसनलाई जोड्न खोज्नु यो मोर्चाको राम्रो काम हो | सत्य कुरो बोल्दा गुटको ट्याक लगाइ हालेको कारण आहिले पार्टिका क्यटरहरु सत्य कुरा बोल्न नसकिएको अबस्था हो | मोर्चा नेकपा एकता तका हराउनुमा मोर्चा आफ्नो खुट्टामा नउभिएर पार्टिको बैसाखीमा उभिएको कारण हो | अब मोर्चा आफ्नो खुट्टामा उभिन सक्नु पर्छ | महाधिबेसनमा केन्द्रिय सदस्य चयनमा बिचार र योग्यतालाई भन्दा पनि आर्थिक पाटोमा हेरेर चयन हुन पुगेको थियो | त्यो गलत भयो | महाधिबेसनबाट आहिलेको आन्दोलनलाई नेतृत्व दिन सक्ने नेतृत्व छान्यो कि छनेन त ? यताको समिक्ष गरेर मात्र अगाडि बढ्दा मोर्चाको लागि राम्रो हुन्छ |संस्कृतिक हिसाबले अब हामी कुन संस्कृति अपनाउने भन्ने बारेमा हामी अन्योल अबस्थामा छौ | मोर्चाले आफ्नो दृष्टिकोण क्लियर गरेर यो बिषयमा मोर्चाले बहस चलाउन जरुरी छ | यसो नगरि संस्कृतिक आन्दोलन अगाडि बढ्ने अबस्था छैन | पार्टिले तामाङ मोर्चा कमजोर भएकै कारण तामाङको नेतृत्वहरुलाई प्रदेसदेखि संघ सम्म मिनिमाइज गरिरहेको अबस्था छ | त्यसैलेमोर्चाले आफ्नै खुट्टामा उभिन सक्ने दम राख्नु पर्छ |
संकर लामा : आर्थिक रुपमा हामीले आफै आत्म निर्भर हुने योजना अगाडि नबाढए संगठनिक रुपमा अगाडि बढ्न गाह्रो हुन्छ |
डा अमर ध्वाज लमा : तामाङ मोर्चाले पहिचान सहितको ताम्सालिङको आन्दोलन तुरुन्तै अगाडि बढाउनु पर्छ | पुर्ण समानुपातिक सहभागिताको बिषयलाई सशाक्त डंगाबाट बहसमा उतार्नु पर्छ |
सुर्यमान दोङ : बिगतमा संगठन कमजोर हुनुमा पहिलो कारण तत्कालिन नेतृत्वहरु सबैबाट कमजोर भएको नै हो | महाधिवेशन सम्म आइपुग्दा केन्द्रिय सदस्यहरु खोज्नु पर्ने अबस्था सृजना भयो | तै पनि महाधिवेशनमा देश भरबाट 675 जना प्रतिनिधिहरु सहभागि गराउन हामि सफल भएको छ | घेदुङको सवलमा कुरा गर्दा घेदुङलाई सहकारिको समस्याबाट मुक्त हामीले नै गर्नु पर्ने आहिलेको आबश्यकता हो | काजीमानको कार्बहिको सवलमा जोगाउन हामीले कोशिस गर्दा गर्दा पनि हामी पुग्नु अगाबै काजिमानलाई कार्बहि गरेर निकालि सकेछ | त्यस पछि हामीले केहि गर्न सकिएन | काजिमानले पनि मोर्चा र पार्टि भित्र कुरो क्लियर राख्न चुकेको देखिन्छ | अब फेरि पनि हामीले काजिमानलाई स्थापित गर्नु पर्छ | आहिले जनता र कार्यकर्ता पंतिले माओवादि एक ढिक्क भएर अगाडि बढोस भन्ने चाहिरहेकोले यतिखेर गुट उपगुटको कुरो गर्नु बिल्कुल गलत हुन्छ | त्यसैले एकताबद्द भएर अगाडि बढ्नु नै आहिेको समय सन्दर्भिक हुन्छ |
पर्शुराम तामाङ : महाधिवेशनको समिक्ष गर्दा महाधिवेशन हुदैन कि भन्ने समयमा ऐतिहासिक रुपमा सफल गरेकोले म चाहि यस बिषयमा खुसि छु | मोर्चाको सबै भन्दा ठुलो काम भने कै संगठन निर्माण हो | संगठन बिनको आन्दोलन कुरामा मात्र सिमित हुन्छ |सेलाएको ताम्सालिङ आन्दोलनलाई अगाडि बढाउन मोर्चाले अभियाचन चलाउन जरुरत छ | घेदुङले आफ्नो लिपि तामयिक लिपि भने पनि यस लिपिको बेस र आधार समभोटा लिपि नै हो | तामयिक लिपि सम्भोटा लिपिको सरली करण हो | लामाहरुले बेद पढ्न सम्भोटा लिपि प्रयोग गरे पनि तामाङहरुले बोलिचलि भाषाको रुपमा तामयिक लिपि अध्यायन गर्दा बुझ्न सजिलो हुने र यस लिपिमा तामाङ पन जोडिएको हुदा तामयिक लिपि अध्यायनको लागि अभियान चलाउन आहिलेको आबश्यकता हो |आहिलेको मोर्चाको बिधानमा मोर्चा बैचारिक र सैध्दान्तिक रुपमा पार्टिको मानेर यो संगठन स्वायत्त ढंगबाट चल्न सकिन्छ भनेर उल्लेख गरेको हुदा मोर्चा अब आफ्नै खुट्टामा उभिन जरुरि छ |पार्टिको सवलमा पार्टि आहिले एक हाते भएको देखिन्छ , यसलाई रुपान्तरण गरेर जनताको पार्टि बनाउन जरुरत छ र पार्टि बचाइ राख्ने हो भने पार्टिमा अब पुस्तान्तरण गर्न उतराधिकारिको रुपमा पार्टिले नेतृत्व बिकास गर्न जरुरत छ | संबिधान संशोधनको सवलमा मोर्चाले पहिचान र पुर्ण समानुपातिक सहभागिताको मुद्द जोडतोडले उठाउन जरुरत छ |
हित बहादुर तामाङ : महाधिवेशनको सवलमा कुरा गर्दा सारमा महाधिवेशन ऐतिहासिक रुपमा सफल भएको महसुस भएको छ |मोर्चा स्वायत्त रुपमा अगाडि बढ्न जरुरत छ | अनि मात्र मोर्चा बलियो संगठन बन्न सक्छ | मोर्चाको पहिलो काम संगठन निर्माण नै हो | संगठन बिन उठाएको मुद्दहरु कवल कुरामा मात्र सिमित हुन्छ | सल्लाहकार समितिको बैठकमा मोर्चाको बरिष्ठ उपध्यक्ष सोम बाले अक्कल, उपध्यक्ष हिमाली गोले, उप महासचिब कुबेर दोङ र सचिब रक्षे बहादुर तामाङले पनि सहभागिता जनाउनु भएको थियो |



