२०८१ आसोज १२ गते देश भरि बाढी र पहिरोले जनजिवन तहस नहस पारिरहेको थियो | त्यतिखेर सरकारको हरेक अंगहरु सक्रिय पुर्बक परिचालित हुनु पर्थ्यो | तर जनताले कहि कतै सरकारको सहभागि महसुस गर्न सकिरहेको थिएन | त्यहि दिन देश कै राजधनी रहेको उपत्यका ललितपुर महानगरपालिका वडा नं २५ सुगमटोल स्थित नाखु खोलाको किनारमा ग्रिल कारखाना र कवाडि सामान राख्ने टहरालाई चारै तिर बाढीले घेरेको अबस्थामा सोही टहराको छनामाथि चढेर रौतहहट घर भएका राजु शाह, राज शाह, बालिकाहरु मेघना शाह र सेतु शाहले उद्दारको लागि हात हल्लाउदै याचना गरिरहेका थिए | नेपाल सरकारको गृह मन्त्रीले उद्दारमा देखाएको उदासिनता र राज्यको सुरक्षा संयन्त्र समेत जिम्मेवारीबाट पन्छिरहेको कारण उक्त छतबाट खसेर भेलले बगाइ रहेको बेला गणतन्त्र प्राप्तिको लागि ज्यानको आहुति दिने शहिद शु्क्रको सहोदर भाई चनिकलाल तामाङ संजोक वश उक्त ठाउमा पुगेर भेलले बगाउदै गरेको राजु शाह र मेघना शाहलाई आफ्नो ज्यानको बाजी राख्दै भेलमा हाम्फालि बचाउदै नयाँ जिबन दिलाउन सफल भएको थियो | उनै महान योद्दा चनिकलाल तामाङलाई वहाको यो महान कार्यको उच्चा सम्मान गर्दै तामाङ राष्ट्रिय मुक्तिमोर्चा नेपालले आज २०८१ असोज १९ गतेका दिन मोर्चा कै केन्द्रिय कार्यलयमा तामाङ टोपीका साथमा सम्मान पत्र प्रदान गरिएको छ | आजको सम्मान कार्यक्रमको अध्यक्षता मोर्चाको केन्द्रिय अध्यक्ष डिल्लिमान दोङले गर्नु भएको थियो भने कार्यक्रमको प्रमुख अतिथि पुर्व मन्त्रि तथा मोर्चाको इन्चार्ज हित बहादुर तामाङ प्रमुख अतिथिको रुपमा सहभागिता हुनु भएको थियो |

मोर्चाको केन्द्रिय सचिब राम माया तामाङले सञ्चालन गर्नु भएको कार्यक्रममा मोर्चाको उपध्यक्ष हिमाली गोले, उपध्यक्ष अबिरल जिम्बा, उप-महासचिब कुबेर दोङ, सचिब रक्षेकुमार तामाङ, कोषध्यक्ष उषा तामाङ , केन्द्रिय सदस्यहरु फुर्साङ मोक्तन, मान्ध्वज दोङ, बाल बहादुर घिसिङ, प्रबल कुमार बल, बाबुराम तामाङ, क्रान्तिकारी बिधयार्थि संगठन काभ्रेको नेतृत्व युवराज तामाङ लगायतले उपस्थिति जनाउनु भएको थियो | कार्यक्रमको प्रमुख अतिथिले सम्मान मन्तव्य दिने क्रममा तामाङहरुलाई इतिहास देखि राज्यले उत्पिडनमा राखेको भए पनि तामाङहरु समुदायिक हिसाबले नै दया माया र सदभावको साथ आफ्नो समुदायलाई डोर्याउदै आएको एक मानबिय चेतना युक्त समुदाय हो , जस्को पछिल्लो उदाहरण चनिकलाल तामाङलाई लिन सकिन्छ भन्नु भयो भने कार्यक्रमको अध्यक्षता गर्नु भएको अध्यक्ष डिल्लिमान दोङले चनिकलाल अझै पनि बिरतापुर्ण कार्यहरु गर्दै मानविय जगतमा सिंगो तामाङ समुदायको नाम उच्चो राख्न सफल होस भन्ने शूभ कामना दिनु भएको थियो | हाम्रो तर्फबाट पनि महान मानविय चेतना युक्त चनिकलाल तामाङलाई गर्वका साथ सलाम टक्र्याउदा छौं |
सम्मान कार्यक्रमको तस्बिरहरु















