Category: विचार
हजारौ तामाङहरुले किन दिए वलिदान ? इतिहास खोतल्दा……
राज्यबाट तामाङहरू कति पेलिए, यसको इतिहास लामो छ । इतिहास पढ्दा यस्तो लाग्छ, राज्यले नेपालका आदिवासीहरूमध्ये तामाङलाई जति अरूलाई दमन गरेको छैन । काठमाडौं उपत्यकालाई वरपरी आवाद रहेका तामाङहरू नेपालका प्राचीन आदिवासीमध्येका एक हुन् । उनीहरूले आफ्नो थर तामाङ लेख्न पनि नपाउने अवस्था थियो, कुनै बेला । पहिले सुसारेका रूपमा दरबार पसेकी खोटाङ, नारङ्गाकी दिलकुमारी…
नेपालमा वर्ग निर्माणको मुख्य तत्वहरु
नेपालमा वर्ग निर्माणको मुख्य एवं निर्णायक तत्व जात व्यवस्था नै हो । हरेक समाजको वर्तमानमा क्रियाशील वर्गहरू निर्माणको मौलिक ऐतिहासिकता र राजनीतिक–आर्थिक कारण हुन्छन् । तिनै कारणमाथि नै खास प्रकारको राजनीतिक व्यवस्था टिकेको हुन्छ । कुनै पनि राजनीतिक परिवर्तन तब नै समग्र क्रान्तिका रूपमा प्रकट हुन्छ, जब त्यसले पुरानो व्यवस्थाले निर्धारण गरेको वर्ग निर्माणको सिलसिलालाई रोक्छ र वर्ग…
“बोन धर्म उत्पति” इतिहास थोरै चर्चा
बोन सम्प्रदाय शास्त्र विभाग तिब्बत बोन, जसलाई युङद्रुङ बोन पनि भनिन्छ तिब्बतको आदिवासी धर्म हो। भगवान तोन्पा शेनराब मिवोचे धर्मका संस्थापक थिए र लगभग 18000 वर्ष पहिले यसको स्थापना गरेका थिए। बोन तिब्बत र वरपरका हिमाली क्षेत्रहरूमा महत्त्वपूर्ण धर्महरू मध्ये एक हो। भगवान तोन्पा शेनराबको जन्म झाङ्झुङ राज्यको शाही परिवारमा राजा ग्याल्बोन थोडकर र रानी…
नेपाल फरक फरक सभ्यताहरुको संगम स्थल
धेरै सभ्यता र संस्कृतिको घुलमिलले नै नेपाललाई सहिष्णु बनाएको हो हामीले लामो समयदेखि ‘नेपाली समाज सहिष्णु छ’ भन्दै आएका छौं। सामन्तवादबाट गुज्रिँदै गर्दा विश्वका थुप्रै सामन्ती समाजभन्दा हिजोको नेपाली सामन्ती समाज उदार तथा सहिष्णु थियो र आजको समाज पनि छ। यसका धेरै कारण छन्। मुख्यत: धेरैवटा सभ्यता र संस्कृतिका मानिस घुलमिल भएर बसोबास गर्नु नै…
डर किन लाग्छ ? (डरको मानवशास्त्र)
संसारका सबैखाले भौतिक तथा सामाजिक ज्ञान उत्पादनका अनुसन्धानकर्महरु प्रश्नबाटै सुरु हुन्छन् । त्यसैले आम नागरिक समाज र सरकारसमेत प्रश्नसँग डराउनु भनेको समाजलाई यथास्थितिमा राख्नु हो । डरको शास्त्रीय पक्ष : आम मानिसलाई लाग्छ— डर वा त्रास भनेको व्यक्तिको मनोगत चरित्र वा व्यक्ति–मानसिकतासँग सम्बन्धित हुन्छ । कुनै व्यक्तिलाई लाग्ने डर–त्रासको विश्लेषण गर्ने विज्ञान भनेको मनोविज्ञान मात्र हो भन्ने लाग्न…
दशैं -तामाङ -म्हेनिङ केहि चर्चा
दशैं तामाङ म्हेनिङ केहि चर्चा सर्व मङ्गल मङ्गल्ये शिवे सर्वार्थसाधिके | शरण्य त्र्यम्बके गौरि नारायणि नमोस्तु ते || आश्विन कृष्ण प्रतिपदा देखि पित्रृ बुझाउने सोह्र श्राध्द आश्विन कृष्ण औंशीको दिन बिसर्जन गर्दै आश्विन शुक्ल प्रतिपदाको दिन माथि उल्लेखित दुर्गा माताको मन्त्र जप्दै पुजा पाठ गरेर जमारा राख्दै नवरात्री अर्थात दशै शूभराम्भ हुन्छ र यसरि शुरु…
अल्पसंख्यक, सीमान्तकृत र लोपोन्मुख भाषा
अल्पसंख्यक, सीमान्तकृत र लोपोन्मुख भाषा शिक्षणको माध्यम भाषा मातृभाषा हुँदा बालबालिकाले सजिलोगरी बुझ्न र सिक्न सक्छन्। छिटो संज्ञानात्मक र बौद्धिक विकास हुन्छ। उच्च शैक्षिक सफलता दरसहित अतिरिक्त लाभका रूपमा मातृभाषाको विकास हुन्छ। प्राडा योगेन्द्रप्रसाद यादव भाषा मानवजातिको अद्वितीय सम्पत्ति हो। भाषाले नै मानवजातिलाई अन्य प्राणीबाट अलग बनाउँछ। मानवजातिको विकासको इतिहास केलाउने हो भने भाषा नै सर्वश्रेष्ठ…
के हो त चन्द्र पात्रो(Lunar caledar) ?
चन्द्र पात्रो अर्थात चाइनिज क्यालेन्डर, एक चन्द्र सौर क्यालेन्डर, चन्द्रमा र सूर्य को चाल मा बनाइन्छ। यसलाई चन्द्र पात्रो, यिन क्यालेन्डर, सिया क्यालेन्डर वा पुरानो चिनियाँ क्यालेन्डर पनि भनिन्छ। प्रत्येक चिनियाँ क्यालेन्डर वर्षको एक राशि हुन्छ, १२ वा १३ महिना र प्रत्येक महिनामा २९ वा ३० दिन हुन्छ। यदि त्यहाँ 12 महिना छन् भने, त्यहाँ…
कसरि फरक छ चन्द्र पात्रो र सुर्य पात्रो ?
पृथ्वीले सुर्य र चन्द्रमाले पृथ्वीको परिक्रमा गरिरहने कुरा हामी सबैलाई थाहा छ । पृथ्वीबाट सुर्य र चन्द्रमाबाट पृथ्वीको दुरी अलग अलग छ । त्यस्तै यी दुवै ग्रहको घुम्ने बाटो र गुरुत्वाकर्षण शक्ति समेत एउटै नहुँदा पुरै परिक्रमा गर्दा लाग्ने समय पनि एउटै हुँदैन । पृथ्वीले सूर्यको परिक्रमा गर्न ३६५ दिन लाग्छ भने चन्द्रमाले पृथ्वीको परिक्रमा…
तामाङ मुक्ति मोर्चाले महान मानविय चेतना भएको चनिकलाल तामाङलाई सम्मान गरियो |
२०८१ आसोज १२ गते देश भरि बाढी र पहिरोले जनजिवन तहस नहस पारिरहेको थियो | त्यतिखेर सरकारको हरेक अंगहरु सक्रिय पुर्बक परिचालित हुनु पर्थ्यो | तर जनताले कहि कतै सरकारको सहभागि महसुस गर्न सकिरहेको थिएन | त्यहि दिन देश कै राजधनी रहेको उपत्यका ललितपुर महानगरपालिका वडा नं २५ सुगमटोल स्थित नाखु खोलाको किनारमा ग्रिल कारखाना…

